परासी । रामग्राम नगरपालीका वडा नं १४ स्थित श्री जनताआधारधुत विद्यालयमा विद्याकी देवी माता सरस्वती मन्दिरकाे शिलान्यास गरिएको छ ।

वडा नं १४का वडाध्यक्ष ओम प्रकास यादवले एक कार्यक्रमका विच मन्दिर निर्माणा कार्यकाे शिलान्यास गरेका हुन ।
मन्दिरकाे निर्माणका लागि व्यावस्थापन समितिका सदस्य साेमइ लाेध संयाेजकत्बमा उपभक्ता समितिका गठन गरि कार्य सुरू गरिएकाे हाे ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष विजय कुमार अग्रहरीकाे अध्यक्षतामा शिलान्यास समाराेह संचालन भएकाे कार्यक्रमको संचालन प्रधानाध्यापक भुवन भुसालले गरेका थिए ।
विद्यालयले हाल कक्षा ८ सम्म पठनपाठन गरिरहेको छ ।




