सुनवल / नवलपरासी-पश्चिम प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी चोरी निकासी तथा पैठारी गरिएका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य ९ लाख २ हजार ८ सय ९० रुपैयाँ रहेको छ। बरामद सामग्रीमा साल जातको काठबाट तयार गरिएका झ्याल–ढोकाका चौकोस तथा पल्ला, विभिन्न किसिमका लत्ताकपडा, पटका, १०३ बोइलर कुखुरा, ४६६ धान टिनको भकारी र किराना सामान रहेका छन्।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
