• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

इरानमा एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

  •  संवाददाता
  • २०८१ माघ २१, सोमबार ०६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ । फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

    इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् । यो नयाँ स्वरूपको क्षेप्यास्त्रसहित इरानका क्षेप्यास्त्रहरू आफ्नो कट्टर शत्रु इजरायलसम्म पुग्न सक्षम छन् । इरानले यि क्षेप्यास्त्रलाई गत वर्ष गाजा युद्ध सुरूभएपछि दुई पटक प्रयोगमा ल्याएको छ ।

    “रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,” पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भने । सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्रको स्थापनाको ४६ औं वर्षगाँठको केही दिन अघि र इरानको राष्ट्रिय अन्तरिक्ष दिवस को अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

    आफ्नो पहिलो कार्यकालमा इरानमाथि ’अधिकतम दबाब’ को नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि तेहरानले ठूलो सैन्य अभ्यास र भूमिगत सैन्य अखडाको प्रस्तुतिसहित थुप्रै शक्ति प्रदर्शन गरेको छ ।

    साथै, तेहरानले दशकौंदेखि पश्चिमा मुलुकहरूसँगको तनावको विषय बनेको आफ्नो आणविक कार्यक्रमलाई लिएर वार्ता पुनः सुरु गर्न इच्छुक रहेको सङ्केत दिएको छ ।

    सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आफ्नो अधिकांश सैन्य उपकरण तत्कालीन सहयोगी अमेरिकाबाट खरिद गरेको इरानले पछि वासिङ्टनले सम्बन्ध तोडेर प्रतिबन्ध लगाएपछि इरानले आपूलाई हतियारमा आत्मनिर्भर बनाउने कदम चालेको देखिन्छ ।

    सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार छ ।

    Post Views: 215

    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार ०६:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.