चितवन । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ। वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने छ। परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ तालिका





