• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आठ महिनामा विकास खर्च २३ प्रतिशतमात्र, आम्दानी र खर्चबीच १ खर्बको खाडल

  •  संवाददाता
  • २०८१ चैत्र २, शनिबार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चैत्र २ । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा बन्ने गरेको विकास खर्चलाई गति दिन नसक्दा चालु आर्थिक वर्ष २०८१/८२ आठ महिना बितिसक्दा विकास खर्च २३.३७ प्रतिशतमात्र पुगेको छ ।

    कुल ३ खर्ब ५२ हर्ब ३५ करोड रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको सरकारले फागुन मसान्तसम्म ८२ अर्ब ३३ करोडमात्र विकास खर्च गर्न सकेको छ । लक्ष्य अनुसार विकास खर्च गर्न अब सरकारले बाँकी चार महिना अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

    अर्थात्, हरेक महिना ६७ अर्ब ५० करोड रुपैयाँका दरले विकास खर्च हुनुपर्छ । यसका लागि प्रतिदिन २ अर्ब २५ करोड रुपैयाँका दरले विकास खर्च भएको हुनुपर्छ ।

    अर्थ मन्त्रालय तथा विकासे मन्त्रालयका अधिकारीहरू भने अन्तिम चौमासमा विकास खर्चले गति लिने बताउँछन् । तेस्रो चौमाससम्म पूर्वतयारीका काममा समय जाने र फागुन–चैतपछि कामले गति लिँदा अन्तिम चौमासमा बढी भुक्तानी हुने गर्छ ।

    यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको छ । फागुनसम्म ५ खर्ब ८४ अर्ब १२ करोड रुपैयाँ बराबर खर्च भइसकेको छ ।

    विकास खर्च कमजोर देखिए पनि चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च भने उल्लेख्य देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म चालु खर्च लक्ष्यको ५१.२१ प्रतिशत भइसकेको छ ।

    यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य राखेको छ । फागुनसम्म ५ खर्ब ८४ अर्ब १२ करोड रुपैयाँ बराबर खर्च भइसकेको छ ।

    यस वर्ष वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबर खर्च लक्ष्य राखिएकोमा फागुनसम्म १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ४७.०७ प्रतिशत हो ।

    यसरी समग्रमा सरकारले फागुन मसान्तसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ बराबर बजेट खर्च गर्न सकेको छ । जुन लक्ष्यको ४५.१२ प्रतिशत हो । चालु आवमा सरकारले १८ खर्ब ६० अर्ब बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

    ८ महिनामा ५० प्रतिशतमात्र राजस्व संकलन

    उता, राजस्व संकलन समेत कमजोर अवस्थामा देखिन्छ । यस वर्ष आठौं महिना बितिसक्दा राजस्व संकलन भर्खरै ५० प्रतिशत उक्लिएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ७ खर्ब २० अर्ब ३४ करोड बराबर राजस्व उठेको छ । जुन लक्ष्यको ५०.७५ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । यस वर्ष कर राजस्व लक्ष्यको ४९.७४ प्रतिशत र गैरकर राजस्व ६०.३६ प्रतिशतमात्र उठेको छ ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ ।

    त्यसैगरी वैदेशिक अनुदान ९ अर्ब १६ करोड रुपैयाँमात्र प्राप्त भएको छ । यस वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान उठाउने लक्ष्य राखिएको छ । अन्य प्राप्ति ९ अर्ब ३१ करोड भएको छ । यस प्रकार सरकारको कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोड रहेको देखिन्छ ।

    आम्दानी र खर्चबीच १ खर्बको खाडल

    सरकारको आम्दानी र खर्चबीच आठौं महिनासम्म आइपुग्दा १ खर्ब रुपैयाँ बराबरको खाडल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्म ८ खर्ब ३९ अर्ब ३५ करोड खर्च हुँदा कुल प्राप्ति ७ खर्ब ३८ अर्ब ८२ करोडमात्र रहेको छ । बाँकी खर्च जुटाउन सरकारले आन्तरिक तथा वाह्य ऋणमा भर पर्नुपर्ने अवस्था छ ।

    Post Views: 224

    प्रकाशित मिति: २०८१ चैत्र २, शनिबार ०६:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.