• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

  •  संवाददाता
  • २०८२ बैशाख २१, आईतवार ०६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । कक्षा १२ को वार्षिक परीक्षा आज आइतबार देखि सञ्चालन हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुनेछन्।

    बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्।

    देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।

    यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार एक सय ३३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

    परीक्षा सञ्चालनको लागि मनाङ र मुस्ताङमा १र१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा धेरै विद्यार्थीले परीक्षा दिने काठमाडौँ जिल्लामा भने एक सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।

    यस वर्ष कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी कक्ष १२ को परीक्षामा सहभागी हुँदैछन्।

    त्यसैगरि कोसी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेसबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

    परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्ने बोर्डले जनाएको छ।

    बोर्डले यही वैशाख ११ देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको हो।

    परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ।

    कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गर्नुभएको छ ।

    बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोवाइल फोन, स्मार्ट घडी लगायत अन्य कुनै पनि प्रकारका इलेक्ट्रोनिक्स डिभाइस लैजान रोक लागाइएको जनाएको छ।

    यदि कसैले परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरु जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण विषयको परीक्षा पनि रद्द हुने चेतावनीसमेत बोर्डले दिएको छ।

    Post Views: 302

    प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार ०६:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.