• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रिशा साह मृत्यु प्रकरण : छानबिन गर्न राष्ट्रियसभाको ध्यानाकर्षण

  •  संवाददाता
  • २०८२ बैशाख २१, आईतवार १४:३० प्रकाशित
    सांसद रोकाया–धारणा राख्दै काठमाडौँ, २१ वैशाखः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा आइतबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा धारणा राख्दै संसद् कृष्णबहादुर रोकाया । तस्बिरः गोपाल दाहाल÷रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न राष्ट्रियसभाले सरकारको ध्यानाकर्षण गराएको छ ।

    राष्ट्रियसभाको आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरुले उक्त विषयमा धारणा राखेपछि अध्यक्ष नारायण प्रसाद दाहालले छात्रा प्रिशा साहको छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना दाहोरिहनु अन्त्यतै दुःखद पक्ष भएको भन्दै अध्यक्ष दाहालले नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिरहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्नुपर्ने जिकिर गर्नुभयो ।

    आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न उहाले सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

    त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्यहरुले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने धारणा राखेका थिए। कलेजमा पढ्नका चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुने उनीहरुको भनाइ छ। कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले उच्चशिक्षा हासिल गर्न देशबाहिर जाने विद्यार्थीहरुको सुरक्षाप्रति गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।

    केही दिनअघि केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा भेटिएकी थिइन्। यसअघि गत फागुनमा रुपन्देहीकी प्रकृति लम्साल पनि सोही कलेजको छात्रावासमा मृत भेटिएकी थिइन्।

    Post Views: 213

    प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार १४:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.