काठमाडौं, क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशन (CIHE) ले शनिबार साँझ काठमाडौंको अरन्या बुटिक होटल, हात्तिसारमा Seasonal Greetings Dinner Meet आयोजना गर्दै आफ्ना शैक्षिक साझेदार, परामर्शदाता तथा सरोकारवालाहरूलाई एकै थलोमा भेला गराएको छ।

कार्यक्रमले पर्वको शुभकामना साटासाटसँगै क्राउन समुदायका लागि एक महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्यो—अष्ट्रेलियाको पश्चिमी भागमा अवस्थित पर्थ क्याम्पस औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा।
कार्यक्रममा क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशनका संस्थापक तथा निर्देशक दीपक खड्काले क्याम्पस विस्तारको उद्देश्य र अन्तर्राष्ट्रिय विद्यार्थीप्रति संस्थाको प्रतिबद्धताबारे आफ्ना विचार प्रस्तुत गरे।
“पर्थ क्याम्पसको उद्घाटन क्राउन इन्स्टिच्युटको शैक्षिक विस्तार यात्राको महत्वपूर्ण खुड्किलो हो। यसले अष्ट्रेलियामा गुणस्तरीय शिक्षा खोजिरहेका विद्यार्थीहरूलाई अझ राम्रो पहुँच प्रदान गर्नेछ,” खड्काले बताए।
नवसञ्चालित पर्थ क्याम्पस 1325 Hay Street, West Perth मा अवस्थित छ। आधुनिक कक्षाकोठा, कम्प्युटर ल्याब तथा विद्यार्थीमैत्री अध्ययन तथा अन्तरक्रिया क्षेत्रसहितको यो क्याम्पस सार्वजनिक यातायातबाट सजिलै पुग्न सकिने स्थानमा रहेको छ। साथै, क्याम्पस वरपर क्याफे, पार्क तथा आवश्यक सेवासुविधाहरू उपलब्ध छन्।
कार्यक्रममा उपस्थित दक्षिण एसिया क्षेत्रका लागि जिम्मेवार CIHE का क्षेत्रीय मार्केटिङ म्यानेजरले नेपाल तथा दक्षिण एसियाका शैक्षिक परामर्शदाताहरूप्रति आभार व्यक्त गर्दै सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।
“दक्षिण एसियाली विद्यार्थीहरूको विश्वास र परामर्शदाता साझेदारहरूको सहयोगबिना हाम्रो यो सफलता सम्भव हुने थिएन। आगामी दिनमा पर्थ क्याम्पसमार्फत अझ धेरै विद्यार्थीलाई सेवा दिने हाम्रो लक्ष्य छ,” उनले बताए।
सिजनल ग्रिटिङ्स डिनर भेटघाटले क्राउन इन्स्टिच्युट र उसका साझेदारबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
Crown Institute Hosted Seasonal Greetings Dinner, Announces Official Opening of Perth Campus



