काठमाडौँमा Widener University का प्रतिनिधिसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपालका विभिन्न शैक्षिक परामर्शदाताहरू तथा विश्वविद्यालय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सेसनमार्फत अमेरिकामा अध्ययनका अवसर, भर्ना प्रक्रिया तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा वाइडनर विश्वविद्यालयकी Anjali Chennapragada ले विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सेवाबारे विस्तृत प्रस्तुति दिएकी थिइन्। उनले वाइडनर विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ९० प्रतिशतसम्म छात्रवृत्ति, Teaching Assistant (TA), Research Assistant (RA) तथा क्याम्पसभित्रै रोजगारी (On-campus employment) का अवसर उपलब्ध गराउने जानकारी दिइन्।
यस अवसरमा उनले विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रम, करियर सम्भावना, क्याम्पस जीवन, आवास सुविधा तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने सेवाहरू बारे पनि जानकारी गराइन्। कार्यक्रममा सहभागी परामर्शदाताहरूले भिसा प्रक्रिया, छात्रवृत्ति मापदण्ड तथा कार्यक्रम छनोट सम्बन्धी जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफल गरेका थिए।
नेपाल भ्रमणका क्रममा अञ्जली चेन्नाप्रगाडा ले News 24 TV मा प्रसारण हुने Destination USA कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन्। Jupiter Media Nepal द्वारा निर्माण गरिएको उक्त कार्यक्रममा उनले अमेरिकामा अध्ययनका अवसर, वाइडनर विश्वविद्यालयका कार्यक्रम तथा नेपाली विद्यार्थीका लागि उपलब्ध शैक्षिक अवसरबारे महत्वपूर्ण जानकारी साझा गरेकी थिइन्।
कार्यक्रमका आयोजक तथा Education Matters का निर्देशक D. Raj Dhital ले कार्यक्रममा सहभागी सबै शैक्षिक परामर्शदाता तथा विश्वविद्यालय प्रतिनिधिलाई धन्यवाद व्यक्त गरे। उनले यस्ता जानकारीमूलक कार्यक्रमहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालय र नेपाली शैक्षिक परामर्शदाताबीच सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच नेटवर्किङ तथा थप छलफल गर्दै कार्यक्रम सम्पन्न भएको थियो।




