काठमाडौँ / राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कन्चनपुर सम्मको पैदल यात्रा मार्फ़त नागरिक जगाउने भएका छन् ।
:समाचार सारांश:
:- अध्यक्ष राजेन्द्र महतोले झापादेखि कन्चनपुरसम्म हुलाकी राजमार्ग हुँदै तीन महिनाको पैदल यात्रा गर्ने ।
:- पैदलयात्राको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण संकटमा रहेको पर्यावरण जोगाउनका निम्ति जनता जगाऊने ।
:- हुलाकी राजमार्ग सामीप्य रहेका बिभिन्न ठाउँमा रुखहरू रोप्ने ।
:- यात्राको क्रममा राजनीतिक भेटघाट, आगामी कार्यदिशाबारे जनतासँग राय सुझाव लिने र संगठन निर्माण गर्ने ।
हुलाकी राजमार्ग हुँदै गर्ने सो पैदल यात्रा तीन महिनाको हुने सो पार्टी का महासचिव सन्तोष मेहताले बताए । त्यसको तयारी चलिरहेको र सम्भवतः चाडपर्व सकिने बित्तिकै सो पैदल जागरण यात्रा सुरु हुने उनले बताए । यो पैदलयात्राको सांगठनिक राजनीतिक विस्तार संगै नेपाली पर्यावरण बचाउने समेत मूल उद्देश्य रहेको उनको भनाइ छ ।
अध्यक्ष महतोले पैदल यात्रा गर्ने बाटोमा ठाउँ ठाउँमा रुख रोप्ने योजना बनाएका छन् । जलवायु परिवर्तनका कारण विश्व नै संकटमा रहेको बेला पर्यावरण जोगाउने उद्देश्यले सो यात्रामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको महासचिव मेहताले बताए ।
यात्राको क्रममा राजनीतिक भेटघाट हुनुको साथै राजनीतिको अगामी कार्यदिशाको बारेमा जनतासँग राय सुझाव लिने काम पनि हुने उनले बताए ।
देशको अवस्था फरक ढंगले अगाडि बढिरहेकाले अब फरक ढंगले राजनीति अगाडि बढाउनुपर्ने बताउँदै उनले त्यसका लागि जनतासँग राय सुझाव लिने बताए ।
सोही क्रममा संगठन निर्माणको काम पनि हुने उनले बताए ।
