काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई विभिन्न देशका शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले क्युना एजुकेशन फेयर २०२६ Grace International का विभिन्न शाखामा सञ्चालन भइरहेको छ।
क्युना एजुकेशन फेयरको मुख्य कार्यक्रम Grace International को बागबजारस्थित कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डमा उच्च शिक्षा अध्ययनका अवसर, कोर्स, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा अन्य शैक्षिक विकल्प बारे जानकारी लिने अवसर प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न विशेष अफर तथा games समेत आयोजना गरिएको थियो। फेयरमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययनसम्बन्धी जानकारीसँगै मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर पनि पाएका थिए।
Grace International का क्युना एजुकेशन फेयर अक्टोबर १ देखि अक्टोबर ८ सम्म विभिन्न शाखा कार्यालयहरूमा सञ्चालन भइरहेको Biplav Sharma ले जानकारी दिए। उनका अनुसार बागबजारमा मुख्य कार्यक्रम सम्पन्न भए पनि विद्यार्थी तथा अभिभावकले Grace International का विभिन्न शाखा कार्यालयबाट फेयरसँग सम्बन्धित जानकारी तथा परामर्श लिन सक्नेछन्।
Grace International ले नेपालमा रहेका आफ्ना विभिन्न शाखासँगै विश्वका विभिन्न स्थानमा रहेको आफ्नो Global Office Network मार्फत अन्तर्राष्ट्रिय शिक्षा तथा विदेश अध्ययनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाले यस्ता शैक्षिक गतिविधिमार्फत विद्यार्थीलाई सम्बन्धित देश, विश्वविद्यालय तथा अध्ययन कार्यक्रमबारे प्रत्यक्ष र आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
क्युना एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरूले आफ्नो रुचि र शैक्षिक योग्यताअनुसार विभिन्न अध्ययन विकल्पबारे सम्बन्धित प्रतिनिधि तथा Grace International का शिक्षा परामर्शदातासँग छलफल गर्न सक्नेछन्। फेयर अक्टोबर ८ सम्म Grace International का विभिन्न शाखाहरूमा जारी रहनेछ।

