२८ अशोज २०८३, बुधबार

जापान सरकारको आर्थिक सहयोग: विद्यालयहरूमा भूकम्प सुरक्षा व्यावहारिक अभ्यास

काठमाडौँ असोज २३ /

जापान सरकार ( मोफा) को आर्थिक सहयोगमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित चारवटा सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गरिएको छ।
चाइल्डफण्ड जापानको सहकार्यमा तथा इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा सञ्चालित “बालमैत्री तथा समावेशी शिक्षाको लागि विद्यालयको वातावरण सुधार परियोजना” अन्तर्गत सरावल गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास गराइएको हो।
चाइल्डफण्ड जापानका प्रोजेक्ट म्यानेजर मनोज थारूका अनुसार विपद्को समयमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न र सुरक्षित रहने उपायबारे विद्यार्थी तथा शिक्षकहरूलाई पूर्वतयारी स्वरूप यो व्यावहारिक अभ्यास गराइएको हो ।
परियोजना प्रबन्धक (प्रोजेक्ट म्यानेजर) बीणा कुमारी चौधरीका अनुसार बिनोद नीता कण्डेल आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र महेन्द्र जनता माध्यमिक विद्यालयमा उक्त अभ्यास सञ्चालन गरिएको हो ।
साथै, यी चारवटै विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरणका लागि बृहत्तर विद्यालय सुरक्षा योजना बनाइएको छ। उक्त अभ्यासमा कुल १,७४६ जना बालबालिकाहरूको सहभागिता रहेको थियो। भूकम्प जस्ता प्राकृतिक विपद् आउँदा अपनाउनुपर्ने सुरक्षित स्थानान्तरण सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार