२८ अशोज २०८३, बुधबार

काँग्रेस सह–महामन्त्री पदमा देवेन्द्रराज कण्डेलको उम्मेदवारी

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले आफूलाई सह–महामन्त्री पदको उम्मेदवार को रूपमां प्रस्तुत गर्ने भएका छन्।

यस अघि लगातार २ पटक केन्द्रीय सदस्यको सफल जिम्मेवारी बहन गरी सकेका कण्डेलले खुला तर्फबाट सह–महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने उनका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिएका छन।

कण्डेलको सचिवालयले सोमबार अपिल जारी गर्दै महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेश तथा पालिका तहका सभापति, जनसम्पर्क समितिका प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकसँग उम्मेदवारीलाई समर्थन गर्दै साथ, सहयोग र मत दिन आग्रह गरेको छ।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय कण्डेल २०३६ सालदेखि कांग्रेस राजनीतिमा आबद्ध छन्। उनी २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०५५ तथा २०५८–२०५९ मा गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी कांग्रेस संसदीय दलको सचेतकसमेत भइसकेका छन्।

कण्डेलले कांग्रेसको १२औँ महाधिवेशनमा नवलपरासी जिल्ला सभापति र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए। २०७४ मा नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यसपटक १५औँ महाधिवेशनका लागि सोही क्षेत्रबाट ५९६ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

नेपाली काँग्रेसको केन्द्रीय सहकारी बिभाग प्रमुखको समेत सफल जिम्मेवारी सम्हाली सकेका कण्डेल यो पटक कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फको प्रतिस्पर्धामा नेता कण्डेलले आफ़ुलाई सह–महामन्त्री उम्मेदवारको प्रबल दावेदारका रूपमा प्रस्तुत गरेका छन।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार