२८ अशोज २०८३, बुधबार

नवलपरासीमा भन्सार छलीका ८ लाख ५० हजार बराबरका गाडीका पार्टपुर्जाहरू बरामद

नवलपरासी, असोज २४ /

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ रमपुरवास्थित बाटोको छेउमा बेवारिसे अवस्थामा राखिएको करिब ८ लाख ५० हजार बराबरका गाडीका पार्टपुर्जाहरू प्रहरीले बरामद गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी- महेशपुरबाट खटिएको टोलीले उक्त सामानहरू बरामद गरी आवश्यक कारबाही तथा अनुसन्धानका लागि भन्सार कार्यालय महेशपुरमा बुझाएको छ।

बरामद गरिएका सामानहरूमा : गाड़ीको गेयर बक्स (४ थान): अन्दाजी मूल्य-एक लाख, गेयर बक्स (१५ थान): अन्दाजी मूल्य रु.चार लाख पचास हजार, गाडीको विभिन्न पार्टपुर्जा १२ बोरा- अन्दाजी मूल्य तीन लाख गरी जम्मा  ८ लाख ५० हजार का सामानहरु रहेको नवलपरासी प्रहरी डीएसपी मदन थापाले जानकारी दिएका छन ।।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार