२८ अशोज २०८३, बुधबार

नवलपरासीमा रास्वपाको “हामी आउँदैछौँ”अभियान:नागरिक सुझाव संकलनमा केन्द्रित

पुरुषोत्तम सुवेदी/नवलपरासी ,असोज २४/

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अभियान “हामी आउँदैछौँ” अन्तर्गत पश्चिम नवलपरासीको सरावल , पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा नागरिक , संवाद तथा सुझाव संकलन कार्यक्रम भएको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको रूपमा रास्वपाका केन्द्रीय सदस्य आकांक्षा पोखरेल र प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यको उपस्थितिमा गतिविधि संचालन भईरहेको छ।

संवाद कार्यक्रममा बोल्दै रास्वपा केन्द्रीय सदस्य आकांक्षा पोखरेलले नागरिकसँगको प्रत्यक्ष संवादले पार्टीलाई सही दिशामा अघि बढ्न मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजनीति भनेको केवल भाषण गर्ने मात्र होइन, जनताको कुरा सुन्ने र उनीहरूको भावना अनुसार काम गर्ने माध्यम हो । यहाँ संकलन गरिएका हरेक सुझाव र गुनासाहरू हाम्रा लागि आगामी रणनीति तय गर्ने मार्गदर्शन बन्नेछन् ।

त्यस्तै संवाद कार्यक्रममा अर्का प्रतिनिधि , प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यले जनताका घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्नु र त्यसको स्थायी समाधानका लागि नीतिगत तहमा आवाज उठाउनु नै यस अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले दैनिक जीवनमा भोगिरहेका साना-तिना समस्यादेखि नीतिगत बेथितिसम्मका विषयलाई नजिकबाट बुझ्न हामी तपाईँहरूकै माझमा आएका हौँ। नागरिकले दिएका सुझाव र उठाएका समस्यालाई हामी संसद् र सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि निरन्तर दबाब दिनेछौँ।” छलफलका क्रममा स्थानीय बासिन्दाहरूले कृषि, शिक्षा, स्वास्थ्य तथा स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका समस्याहरूबारे आफ्ना भनाइ र सुझावहरू प्रस्तुत गरेका थिए। पार्टीले पश्चिम नवलपरासीका अन्य स्थानीय तहहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार