
न्यूज फायर,सुनवल । पछिल्लो समय किशोर किशोरी तथा युवा पुस्तामा नेपाली मौलिक धार्मिक सामाजिक संस्कार, मुल्य मान्यता लोप हुदै गएको र त्यसको संरक्षण जटिल बन्दै गएको अवस्थामा नवलपरासी पश्चिमको साकुरा मेमोरियल बोर्डिङ इङ्लिश सेकेन्डरि स्कुल सुनवल, नवलपरासीले अभिभावक विच नै आध्यात्मिक भजन प्रतियोगिता आयोजना गरेको छ ।


समाज र शैक्षिक संस्थामा धार्मिक एवं आध्यात्मिक चेतनाको विकास र प्रवद्र्धनका लागि विद्यालय स्तरबाट यो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल सुमित पाठकले बताउनुभयो ।

संस्कार घरदेखी सुरु हुने हुदा आफ्नो संस्कार, संस्कृति अनुसारका शिक्षा दिक्षा दिन आवश्यक रहेकोले आयोजना गरिएको भजन किर्तनले सबैमा सकारात्मक सोंचको विकास हुने, मान्छेलाई आशावादी, नैतिकवान र असल चरित्रमा रहन सिकाउने प्रिन्सिपल पाठकले बताउनुभयो ।

अभिभावक स्तरीय भजन प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । जसमा राजन क्षेत्रीको समुह प्रथम भएको छ भने लिला भण्डारीको समुह द्धितिय भएको छ ।
सोही अवसरमा आज शैक्षिक सत्र २०७९ का शैक्षिक गतिबिधी र अतिरिक्त कृयाकलापहरुको पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

साकुरा बाल क्लबको आयोजना तथा स्कुलको सयोंजकत्वमा सम्पन्न कार्यक्रममा वाल क्लबका अध्यक्ष सङगम रानाको अध्यक्षता तथा बिद्यालयका सञ्चालक हुमकान्त पान्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।




