• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

२८ बर्ष सम्म अबैध समितिको राज,दलीय भागबण्डामा सबै चुप

  •  
  • २०८० भाद्र १६, शनिबार १०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    बर्दघाट,भदौं–१६

    समाजमा जताततै बेथिती व्याप्त छ । २८ बर्ष देखि निरन्तर एउटै ब्यक्तीले कुनै संस्थाको सर्बोच्च हूँच भने पनी यो सामान्य हुने गरेको छ । निरन्तर नेतृत्व गर्ने मात्र हैन २८ बर्ष सम्म पनि न त संस्था दर्ता छ । न त त्यसको लेखा परिक्षण नै भएको छ ।

    त्यति मात्र कहाँ , हाल त्यस संस्थामा कुनै अभिलेख खोज्नू भो भने प्लाप्टीकका पोका र कापीका पानाहरु पल्टाएर अधुरा र अपुरा रेकर्डहरु देख्न पाइंच्छ । यो दुर्दशा युक्त अवस्था संस्था बर्दघाट–१३,धनेवामा संचालनमा रहेको २८ वर्ष इतिहास बोकेको खानोपानी संस्थाको हो ।

    लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको बर्दघाट नगरपालिका वडा नं. १३ धनेवामा रहेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्थानियवासीहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्नका लागि २०५२ सालमा स्थापना गरिएको थियो ।

    दलिय भाग भण्डामा बनाईएको उक्त समितिको नेतृत्व गर्न तात्कालिन समयमा नेकपा एमालेलाई अध्यक्ष , नेपाली काँन्ग्रेसलाई उपाध्यक्ष र कोषाध्यक्ष दिएर अन्य पदहरु समेत भागबण्डामा गरीएको संस्थापक तदर्थ समिति तथा हाल सम्मका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ “ एमालेलाई परेको कोटावाट म अध्यक्ष भए भने नेपाली कान्ग्रेसको कोटाबाट उपाध्यक्षमा तोलाकान्त चापागाई पर्नु भएको हो । पछि माओवादीको कोटाबाट डि.बि. थापा पर्नु भएको हो । कोषाध्यक्षमा नेपालि काँन्ग्रेसबाट मेनुका आचार्यर सह–सचिब पुष्पा पौडेल हुनुहुन्छ त्यही समितिले नै अहिले सम्म काम गरीरहेका छौं । ”

    करोडौंको आर्थिक कारोवार गरेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २०७८ चैत्र १३ गतेबाट आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण शुरु गरेको छ । खानेपानी वितरणका लागि आवश्यक पर्ने डिप बोरिङ्ग धसाउदा शुरुमा उपभोक्तहरुबाट जनही १ हजार रुपैयाका दरले रसिद काटेर लिएको थियो । तर कार्यालयमा भने त्यसको पुरा विवरण भेटिदैन । भेटिएका ठेली र कापिका पानामा भएको स्पष्ट हिसाब छैन । तर अध्यक्ष न्यौपानेले भने हिसाबको पुरै विवरण राखिएको र पछि उपलब्ध गराउने बताउनु भएको छ ।

    यसै बिषयमा संस्थाका सचिव डि.बि. थापासँग फोनमा बुझदा उहाँले संस्थाको सम्पूर्ण हिसाब किताब नजिकै रहेको ग्रामिण सहकारीमा खाता खोलेर नै कारोवार गरीएको बताउनु भएको छ । थापा भन्नुहुन्छ “ हामीले राखेका सबै हिसाब किताब चुस्त दुरुस्त छ पत्रकार साथीहरुलाई शंखा लागे कार्यालयमा आएर हेर्ने सक्नुहुन्छ । ” त्यसैगरी संस्था दर्ताका बिषयमा आफुहरु लागि परेको उहाँको भनाई छ ।

    जहदा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दघाट–१३, धनेवाले अहिले २ वटा बोरिङ्ग ( ६ सय ५० फूट र ४ सय ९५ फूट गहिरो ) बाट ४५ कि.मि. क्षेत्रमा पाईप विस्तारगरी ५ सय ५८ वटा पानीका धाराहरु वितरण गरेको संस्थाका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ ।

    मनहरीको एक वडालाई समेत आयोजना क्ष्ँेत्र भित्र पारेर ९२ कि.मि.सर्बे गरीएको भएपनि अहिले सबै क्ष्ँेत्रमा सेवा प्रदान गर्न नसकिएको अध्यक्ष न्योपानेले बताउनु भएको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी निमार्ण गरेर सबैलाई शुद्ध पानेपानी वितरण गर्ने लक्ष्य लिएपनि सबैले धारा जडान नगरेका कारण संस्था संचालनमा समेत समस्या आएको अध्यक्ष बताउनूहुँच

    एक बर्ष अघि पानीको गुणस्तर चेकगर्न विश्व स्वास्थ्य संगठनको टोलीले ल्याप सहित संस्थामा नै आएर परिक्षण गरी शुद्ध रहेको बताएपनि घर घरमा धारा जडानमा कमी भएको अध्यक्षको भनाई छ । उहाँका अनुसार अहिले संस्थाले रू ५ हजारमा उपभेाक्धाता लाइ धारा जडान गर्दै आएको छ । याे राजनितीक भाग व०डाकाे २८ बर्षे अवैध समिति कहिले वैध र नियमित हुनेहाे समयले प्रतिक्षा गरेकाे छ ।

    Post Views: 213

    प्रकाशित मिति: २०८० भाद्र १६, शनिबार १०:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.