काठमाडौं – Optimus Global ले राष्ट्रिय क्रिकेट खेलाडी अनिल कुमार शाह लाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ। यो सम्झौता एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरियो, जसमा विभिन्न प्रतिष्ठित व्यक्तित्व, उद्योगका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

Optimus Global का CEO श्री अशिम मैनाली ले यस सहकार्यलाई लिएर उत्साह व्यक्त गर्दै भने,
“अनिल शाहको क्रिकेटप्रतिको समर्पण, दृढता र उत्कृष्टता हाम्रो ब्रान्डको दृष्टिकोणसँग मेल खान्छ। उहाँको उपस्थिति हाम्रो ब्रान्डलाई अझ प्रभावकारी बनाउनेछ।”
कार्यक्रममा उपस्थित विभिन्न प्रतिष्ठित व्यक्तिहरूले आफ्ना शुभकामना व्यक्त गरे:
- ECAN का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराई ले यस सहकार्यले खेलकुद र व्यवसाय दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
- जनकपुर बोल्ट्स का सह-मालिक उत्सव सिग्देल ले अनिल शाह ले युवाहरूलाई प्रेरित गर्ने बताए।
- क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) का उपाध्यक्ष रोशन सिंह ले यस सम्झौताले भविष्यमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।
- नेपाल शैक्षिक परामर्श संघ (ECAN) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे ले Optimus Global र अनिल कुमार शाह बीचको यो सहकार्य औचित्यपूर्ण रहेको र यसले विद्यार्थीहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
- ECAN का पूर्व अध्यक्ष दीपक गुरुङ ले पनि अनिल शाह लाई बधाई दिँदै, क्रिकेटमा उहाँको योगदान तथा खेल ब्रान्डिङमा उहाँको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा औपचारिक हस्ताक्षर समारोह, मिडियासँग अन्तरक्रिया, तथा विभिन्न उद्योग र खेल क्षेत्रका व्यक्तित्वहरूसँग नेटवर्किङ सेसन पनि आयोजना गरिएको थियो।


