३१ भदौ २०८३, बुधबार

आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक देखिएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, केही वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरू सहभागी रहेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ।

पारिश्रमिक आठौँ तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ हुनुपर्ने, ड्युटीको समय डब्लुएचओको मापदण्ड अनुसार हुनुपर्ने लगायतका माग राखेर आवासीय चिकित्सकहरू आन्दोलन गरिरहेका छन् ती मागका विषयमा सरकार सकारात्मक देखिएको छलफलमा सहभागी स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका डा. अमृत भुषालले बताउनुभयो ।

अहिले आश्वासन मात्रै प्राप्त भएकाले यसको निर्णय नाआएसम्म आफ्नो आन्दोलन भने शान्तिपूर्ण रूपमा चलिरहने उहाले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रूपमा पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेपछि चिकित्सकहरूले असहमति जनाउँदै आन्दोलन गरेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार