• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मोटिफ एजुकेसन एब्रडको १९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ चैत्र २, सोमबार १२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय मोटिफ एजुकेसन एब्रड ले आफ्नो १९औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शैक्षिक साझेदारहरू तथा मोटिफका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको सुरुवात स्वागत मन्तव्यसँगै गरिएको थियो। यस क्रममा संस्थाका सह–संस्थापक तथा निर्देशक विजय पाण्डेले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूलाई हार्दिक स्वागत गर्दै मोटिफप्रति देखाइएको विश्वास नै संस्थाको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गरे। उनले मोटिफले विगत १९ वर्षदेखि हजारौँ नेपाली विद्यार्थीलाई उपयुक्त विषय, उपयुक्त देश र उज्ज्वल करियरतर्फ मार्गदर्शन गर्दै आएको बताए।

    कार्यक्रममा संस्थाका सञ्चालन प्रमुख सञ्जीव श्रेष्ठले मोटिफ एजुकेसन एब्रडका सेवा, कार्यप्रणाली तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी दिएका थिए। उनले विदेश अध्ययनको तयारीदेखि विश्वविद्यालय छनोट, भिसा प्रक्रिया तथा विद्यार्थीको भविष्य निर्माणसम्म मोटिफले कसरी समग्र सहयोग प्रदान गर्दै आएको छ भन्ने विषयमा आफ्ना अनुभव साझा गरे। साथै, मोटिफको विद्यार्थी–केन्द्रित सेवाले संस्थालाई नेपालका अग्रणी शैक्षिक परामर्श संस्थामध्ये एक बनाउन सफल भएको उनले बताए।

    यसै अवसरमा संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उमेश पाण्डेले मोटिफ एजुकेसन एब्रडमाथि विश्वास गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, साझेदार संस्था तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे। उनले मोटिफको सफलताको आधार विद्यार्थी र अभिभावकको विश्वास तथा संस्थाको समर्पित टोली भएको बताए।

    उनले भने, “विगत १९ वर्षको यात्राले हामीलाई धेरै अनुभव र शिक्षा दिएको छ। अब हामी हाम्रो सेवाको २०औँ वर्षमा प्रवेश गर्दैछौँ, र आगामी दिनहरूमा पनि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसरसँग जोड्ने हाम्रो प्रतिबद्धता अझ सशक्त रहनेछ।”

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि मोटिफ एजुकेसन एब्रडबाट प्राप्त मार्गदर्शन र सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्नो अध्ययन यात्रामा मोटिफको सहयोग महत्वपूर्ण रहेको बताएका थिए।

    करिब दुई दशकको सफल यात्रामा मोटिफ एजुकेसन एब्रडले हजारौँ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनका अवसर दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    १९औँ वार्षिकोत्सवको अवसरमा मोटिफ एजुकेसन एब्रडले आगामी योजनाहरू समेत सार्वजनिक गर्दै नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    Post Views: 111

    प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.