२० कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिबाट जारी भयो भूमिसम्बन्धी अध्यादेश

माघ ३, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।

सरकारले एकैपटक पाँच वटा अध्यादेश सिफारिश गरेकोमा राष्ट्रपति पौडेलले चार वटा तत्कालै जारी गर्नुभएको थियो । उहाँले सुकुम्बासी र भूमिहीनलाई प्रक्रिया नै नपुर्‍याई जमिन दिने लगायतका व्यवस्था रहेको विषय बाहिर आएपछि थप अध्ययन गर्ने भन्दै भूमिसम्बन्धी अध्यादेश रोक्नुभएको थियो ।

तर बुधबार पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार