२९ अशोज २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ ३, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय  ६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय  ५३ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय ५५ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय  ६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको एक सय  ५६ रूपैयाँ पर्नेछ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार