१७ कार्तिक २०८३, मङ्लबार

नेपाली कांग्रेस(देउवा)नवलपरासीको सह-संयोजकको ज़िम्मेवारी गोपीपुनको काँधमा !

परासी/
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाद्वारा सुनवलका युवा नेता गोपी पुनलाई नवलपरासी (ब.सु.पा.) जिल्लाको जिल्ला सह-संयोजक पदमा मनोनयन गरिएको छ ।

जिल्लाका बिशेष राय-सुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसमा जिल्लाको संगठनलाई थप मजबुत र सशक्त बनाउने उद्देश्यले यो जिम्मेवारी पुनलाई प्रदान गरिएको हो ।

समितिद्वारा निर्धारण गरिएको नयाँ कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न हुने निर्णय गरिएको छ । यस महाधिवेशनलाई सफल बनाउन विभिन्न तल्लो तहका अधिवेशनहरूको मिति समेत तोकिएको छ ।
नयाँ कार्यतालिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनको अधिनेशन तालिका यस अघि नै तोकीएको थियो । त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।

नवलपरासी (ब.सु.पा.) जिल्लामा सह-संयोजकको जिम्मेवारी पाउनुभएका गोपी पुनले पार्टीको स्थापित मूल्य-मान्यतालाई आत्मसात् गर्दै जिल्लामा सांगठनिक सुदृढीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने गहिरो विश्वास लिइएको छ ।

सुनवलका युवा नेता पुन मुख्यत: पार्टी पंतीमा युवा परिचालनमा लामो समय देखी परिचालन गर्दै तरुण दल सुनवलको तीन कार्यकाल सभापति रही हाल नेपाल तरुण दलको जिल्ला उपाध्यक्षको सफल जिम्मेवारी सम्हालदै आऊनु भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार