• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

युट्युबको भिडियो हेरेर जनप्रतिनिधि नै च्याउ खेतिमा लागेपछि

  •  संवाददाता
  • २०८१ माघ ३, बिहीबार ०६:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ २, नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।

    समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियोबाटै सिकेर च्याउखेती सुरु गर्नुभएको हो । “मैले च्याउखेतीका बारेमा कुनै औपचारिक तालिम लिएको छैन”, उहाँले भन्नुभयो, “युट्युबमा आउने भिडियो हेरेर च्याउखेतीका बारेमा धेरै कुरा बुझेपछि अहिले व्यावसायिक रूपमा आफैँले खेती गरेको छु, च्याउ उत्पादन निकै राम्रो भइरहेको छ ।” वडाध्यक्ष महतोले युट्युबमा राखिएको भिडियोबाट प्रेरित भएर एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी आफ्नै घरमा व्यावसायिक रूपमा च्याउखेती सुरु गरेको बताउनुभयो ।

    वडाध्यक्ष महतोले सात सय २० वर्गफिटमा संरचना निर्माण गरी डल्लेच्याउ तथा चार सय ५० वर्गफिटमा छुट्टै संरचना बनाएर पातेच्याउको व्यावसायिक खेती गर्दै आउनुभएको छ । च्याउखेतीका लागि निर्माण भएका दुईवटा संरचनाबाहेक आफूले रु दुई लाख ७५ हजार लगानी गरेको उल्लेख गर्दै खेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतोले उत्पादन गर्नुभएको च्याउ घरबाटै बिक्री हुने गरेको छ । धेरै भएको च्याउ चोरमारा, अरुणखोला, डण्डा, कावासोती तथा नारायणगढको तरकारी बजारसम्म पुर्‍याउने गरेको उहाँले बताउनुभयो ।

    “च्याउ उत्पादन राम्रो भए पनि बजारको अलि समस्या छ, उत्पादन गर्ने क्षमतासम्म किसानको हातमा हुन्छ तर बजारीकरण भने व्यापारीको हातमा हुन्छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा बजारीकरणको अलि समस्या नै छ, मेरो आज उत्पादन भएको च्याउ लगेर बिक्री गर्न पाइनँ ।” गाउँका उपभोक्ता च्याउ खोज्दै आफूकहाँ आउने गरेको भए पनि बजारसम्म भने आफैँले ढुवानी गरिदिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । च्याउ टिप्न ढिला हुँदा बिग्रिएर जाने भन्दै उहाँले बिक्री नभएको ताजा च्याउ सुकाएर धुलो बनाएर राख्ने बताउनुभयो ।

    “किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।” उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उहाँले बताउनुभयो । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उहाँले बताउनुभयो ।

    “मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु”, उहाँले भन्नुभयो, “अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।” दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उहाँले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताउनुभयो । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उहाँले त्यसबाट राम्रै नाफा हुने बताउनुभयो ।

    सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । “जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ”, उहाँले भन्नुभयो, “हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।” राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ ।

    च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उहाँले भन्नुभयो, “जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ ।” सिजनअनुसार पातेच्याउ रु एक सय ३० देखि दुई सयसम्म तथा डल्लेच्याउ रु तीन सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।रासस

    Post Views: 387

    प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार ०६:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.