११ कार्तिक २०८३, मङ्लबार

४५ वर्ष उमेरसम्मका अविवाहित महिलालाई पनि भत्ता

३ माघ । प्युठानको झिमरुक गाउँपालिकाका ४५ वर्षको उमेरसम्म पनि अविवाहित एकल महिलाले पनि भत्ता पाउने भएका छन् । पालिकाबाट भत्ता पाउने एकल महिला सरकारी सेवा सुविधा तथा अरु कुनै सामाजिक सुरक्षा भत्ता नलिएकाको लागि गाउँपालिकाले मासिक भत्ताको व्यवस्था गरेको हो ।

यसका साथै १२ वर्षदेखि श्रीमान् बेपत्ता भई बसेका, लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतीत गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरूलाई चालु आर्थिक वर्षको माघदेखि मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । अविवाहित एकल महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार