१ कार्तिक २०८३, शनिबार

कलाकार हिमेश र पत्रकार किशोरबिच मिलापत्र: पत्रकार किशोर रिहा !

काठमाडौ/ कार्तिक ३१/

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर थूना मुक्त भएका छन् ।

श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो।

कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए ।

दुईजना बीच तीन घण्टा सम्म भएको छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई थूना मुक्त गरीएको ब्यूरोस्रोले बताएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार