१० कार्तिक २०८३, सोमवार

काँग्रेस नेता कण्डेलको शुभकामना-चियापानमा क्रियाशील दलहरुको उपस्थिति

नवलपरासी/कार्तिक-८

पूर्ब गृहराज्यमन्त्री एवं कांग्रेसका नेता कण्डेलद्वारा विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रममा जिल्लामा क्रियाशील पार्टीका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति भएको छ ।

महेशपुरस्थित निजी निवासमा आयोजित कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताहरूले पर्वको शुभकामना व्यक्त गर्दै समसामयिक राजनीतिक विषय, आपसी सद्भाव, सहकार्य र राजनीतिक संस्कारबारे समेत धारणा प्रकट गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशचन्द्र यादव, पूर्वमन्त्री देवकरण कलवार (सन्तु), लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, प्रदेशसभा सदस्य विश्वप्रेम पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि पाण्डेय, नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम यादव, नेकपा एमालेका अध्यक्ष दीपेन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीका अध्यक्ष रामभवन यादव र लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका मुकुर्जी गिरीले शुभकामना सहित धारणा राखेका थिए।

त्यस्तै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय र पाल्हीनन्दन गाउँपालिकाका कार्यवाहक अध्यक्ष किसान यादवलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

मन्तव्यका क्रममा वक्ताहरूले दशैं, दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ मजबुत सौहार्यता सहितको राजनीतिक प्रतिस्पर्धा हुनु पर्नेमा जोड़ दिदै राजनीतिक आस्था र विचार फरक भए पनि सामाजिक तथा सांस्कृतिक पर्वले सबैलाई एक ठाउँमा जोड्ने भएकाले यस्ता कार्यक्रमले आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने बिश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नवलपरासी सीडीओ दीपकराज नेपाल, प्रहरी प्रमुख रामबहादुर केसी, शसस्त्र प्रहरी प्रमुख गोबिन्द खाती लगाएत जनप्रतिनिधि ,काङ्ग्रेसका नेता- कार्यकर्ता ,सुवेच्छुक तथा पत्रकारहरुको उपस्थित रहेको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मन्जु कण्डेलद्वारा स्वागत मन्तव्य संगै महाधिवेशन प्रतिनिधि देवराज भण्डारीको कार्यक्रम सञ्चालनमा समारोह अघि बढ़ेको थियो ।

पूर्व गृहराज्यमन्त्री कण्डेलले निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै पर्वका अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आइतवार कोजाग्रत पूर्णिमाका दिन पाल्हीनन्दन महेशपुर स्थित कण्डेल- निवासमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधि वक्ताहरूले कण्डेलका पिता स्व. पृथ्वी राज कण्डेल पंचायतकालका निर्वाचित सांसदको कालखण्ड देखी सुरु भएको सामाजिक सेवाको इतिहास र योगदानको चर्चा गर्दै काँग्रेस नेता कण्डेल काँग्रेसको मात्र नभईं जिल्लाकै समग्र राजनीतिक अभिभावक भएको बताएका थिए ।

कार्यक्रममा विभिन्न पार्टिका बक्ताहरूले कण्डेल परिवारको ब्यक्तिगत लगानी र अग्रसरतामा समाजसेवा  हेतु ज़िल्लामा ऑखा अस्पतालको स्थापना देखी सीमा पारी ठूटीवारीमा पंचायत कालमा स्थापना गरेको बिद्यालयको योगदान बारे चर्चा गरेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार