३ कार्तिक २०८३, सोमवार

नवलपरासीका गाऊँमा लिङ्गे पिङ: सशस्त्र प्रहरीको बिशेष योगदान

नवलपरासी/कार्तिक २

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीको बिशेष सहयोगमा नवलपरासीका गाऊँ बस्तीमां लिंगे पिंग तयार गरिएको छ ।

प्रहरीले स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन र दसैँ-तिहारको रौनक बढाउन ठाउँ, ठाउँमा लिङ्गे पिङ निर्माण गरिदिएको हो ।
शिक्षालयको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित नगरपालिका टोल र बाढीपीडित टोलका बालबालिका तथा स्थानीयवासीका लागि लिङ्गे पिङ निर्माण गरिदिएको हो ।
शिक्षालय प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिर सुवेदीका अनुसार नागरिक र प्रहरीबीचको सामाजिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै हाम्रो मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले पिङ हालिएको हो । सीमा सुरक्षा र नागरिकको रक्षाको जिम्मेवारीसँगै समुदायको सुख-दुःखमा हातेमालो गर्नु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
अहोरात्र खट्ने सुरक्षाकर्मी आफैँ टोलमा पुगेर पिङ हालिदिएपछि विशेषगरी बालबालिका, युवा तथा बाढीपीडित क्षेत्रका बासिन्दाहरू निकै उत्साहित भएका छन् ।

आफ्नै टोलमा पिङ तयार भएपछि स्थानीयवासीले सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा तालिम शिक्षालय प्रति आभार प्रकट गरेका छन् ।
शसस्त्रको यो अभियानले प्रहरी र समुदाय बिचको सौहार्यता सम्बन्ध अबिबृद्धि हुने र समुदायमां महान चाडको उमँग र उल्लास बिर्द्धि हने बिश्वास गरीएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार