६ अशोज २०८३, मङ्लबार

महिला टी–२० सिरिजः नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौँ । महिला अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले लगातार पाँचौ खेलमा हार ब्यहोरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १० विकेटको पराजय भोगेको हो।

सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग तीनै खेलमा हार ब्यहोर्‍यो। यस्तै नेपालले थाइल्यान्डसँगका सुरुवाती दुई खेल पनि गुमाइसकेको छ। सिरिजको उपाधिबाट टाढिसकेको नेपालले अब शुक्रबार थाइल्यान्डसँग अन्तिम खेल खेल्नेछ।

बुधबार कीर्तिपुर मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेटको क्षतिमा अन्तिम दुई बल खेल्न बाँकी छदा पूरा गर्‍यो। डच टोलीको जितमा स्टेरी कालिसले नटआउट ९८ रन र मोल्केनबेइरले नटआउट ४८ रन बनाए। कालिसले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन्।

त्यसअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर पूजा महतोले दोस्रो टी–२० अर्धशतक प्रहार गरेकी थिइन्। नटआउट ६२ रन जोड्ने क्रमा पूजाले उनले ५१ बलमा ५ चौका प्रहार गरिन्।

पूजाको अर्धशतकमा टस जितेर नेपालले बुधबार नेदरल्यान्ड्सविरूद्ध ४ विकेटको क्षतिमा १४५ रन जोड्यो। पूजा बाहेक नेपालका लागि कप्तान इन्दू बर्माले ३९ रन र रुबिना क्षेत्रीले २० रन बनाए। नेदरल्यान्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार