• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

  •  संवाददाता
  • २०८३ भाद्र २७, शनिबार ०९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    परासी,२७ भदौ / नारायणी नदीको बाढीले घरबास र सम्पत्तिमा क्षति भए पछी कठिन जीवन बिताउन बाध्य नवलपरासीको सुस्ताका बाढीपीडितलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपरासीले राहत सामग्री उपलब्ध गराएको छ।
    राप्रपाले आफ्नो पार्टीका सदस्यहरूबाट रकम संकलन गरी सुस्ता–५स्थित नारायणी पारीका बाढी प्रभावित ७९ घरपरिवारलाई चामल, दाल, तेल, साबुन, नुन लगायतका खाद्यन्न तथा लत्ताकपडासहितका अत्यावश्यक सामग्री पार्टीको स्थानीय सुस्ता गाउँ कार्यसमिति मार्फत उपलब्ध गराएको हो ।

    हालैको भोटेकोशी- महाविनाशकारी बाढी नारायणी हुँदै सुस्तामा पसेपछि त्यहाँका नागरिक समेत प्रभावित बनेका हुन् ।
    राप्रपा नवलपरासीका जिल्ला अध्यक्ष रामभवन यादवले शुक्रबार सुस्ता पुगेर पार्टीको सुस्ता गाउँपालिका कार्यसमितिलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो । राहत हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष यादवले विपद्को समयमा राजनीतिक दलको भूमिका राजनीतिक गतिविधिमा मात्र सीमित नभई पीडित नागरिकको दुःखमा साथ दिने सामाजिक जिम्मेवारीसमेत भएकोले राप्रपाले त्यो भूमिका बहन गरेको बताउनुभयो। उहाँका अनुसार बाढीपछि पार्टीले स्थलगत अनुगमन गरी वास्तविक प्रभावित परिवारको पहिचान गरेको थियो ।
    बाढीप्रभावित सुस्तावासीका लागि पार्टीबाट प्राप्त राहत सामग्री ग्रहण गर्दै राप्रपा सुस्ताका अध्यक्ष गोविन्द जोशीले राहत सामग्री वास्तविक प्रभावित परिवारसम्म पु¥याउने जिम्मेवारी स्थानीय पार्टी समितिले लिएको बताउनुभयो।
    राहत वितरण कार्यक्रमका संयोजक रमेश क्षेत्रीले भोटेकोशी बाढीका कारण सुस्तावासी विस्थापित हुनुपरेको मात्र नभई सयौँ बिघा जमिनसमेत कटानमा परेकोले सुस्तावासीको पीडामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले पार्टीले सदस्यहरूबाट रकम संकलन गरी राहत उपलब्ध गराइएको बताउनुभयो ।
    विपद्का बेला राज्यका निकायसँगै राजनीतिक दल, सामाजिक संस्था र नागरिक समाजबाट हुने सहयोगले प्रभावित परिवारलाई तत्कालीन राहत मात्र होइन, ‘हामी एक्ला छैनौँ’ भन्ने मनोबलसमेत दिने गर्दछ। राप्रपा नवलपरासीका सदस्यहरूले आफ्नै तर्फबाट रकम जुटाएर गरेको यो पहलले विपद्को समयमा सामाजिक एकता र मानवीय सहयोगको महत्वलाई थप उजागर गरेको छ।
    सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य भरत पाण्डे, नवनित कुमार मिश्रा, पूर्व जिल्ला अध्यक्ष ओमबहादुर सिंह, उपाध्यक्ष ओमप्रकाश चौधरी,जिल्ला सदस्यहरु, रामग्राम नगर समिति उपाध्यक्ष सनद बर्मा, सचिव सुरेश पासवान लगायतको पनि सहभागिता थियो ।

    Post Views: 52

    प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार ०९:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.