२९ अशोज २०८३, बिहिबार

नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

 

परासी — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिका-७ स्थित भन्सार टोलबाट प्रहरीले अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणका मोबाइल पार्टस् तथा एक थान पिकअप गाडी नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल (BOP) भुजहवाको संयुक्त टोलीले शुक्रवार बिहान करिब ०४:३५ बजे लु ३ च २९३९ नम्बरको गाडीमा लोड गरिएको अवस्थामा उक्त अवैध सामान बरामद गरेको हो।

बरामद गरिएका सामान तथा साधनको विवरण यस प्रकार छ:

  नवलपरासी प्रहरीका अनुसार एअर पड्स (Air pods): १७५५ पिस सेतो (रु. १७,५५,०००) र ५३९ पिस कालो (रु. ५,३९,०००), टेम्पर ग्लास: ३९,८०० पिस कालो (रु. ५९,७०,०००) र ४,५०० पिस सेतो (रु. ११,२५,०००), मोबाइल कभर: ९३० पिस (रु. ९३,०००) र अन्य: एक बोरा प्लास्टिक (रु. २,०००) तथा लु ३ च २९३९ नम्बरको पिकअप गाडी (अन्दाजी मूल्य रु. २०,००,०००)  गरी सामान र गाडीसहित कुल मूल्य रु. १,१४,८४,०००/- (एक करोड चौध लाख चौरासी हजार) बराबरको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान र गाडी भन्सार कार्यालयमा बुझाउनका लागि हाल इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार