३० अशोज २०८३, शुक्रबार

हुप्सेकोटको गिरुवारी खोला क्षेत्रमै करोडौँका ढुङ्गा अवैध डम्पिंग: पालिका सरकार बेख़बर !

हुप्सेकोटको गिरुवारी खोला क्षेत्रमै करोडौँ मूल्यका ढुङ्गा अवैध रुपमा थुपारिएका यि ढुंगा कस्को हो? नियमनकारी निकाय किन मौन स्थानीय जनताको स्थानीय सरकारलाई प्रश्न गाडरीरहेका छन !!

पूर्बी नवलपरासी/ नवलपुरको हुप्सेकोट गाउँपालिका क्षेत्रमा पर्ने गिरुवारी खोलाबाटअवैध रूपमा करोडौँ रुपैयाँ मूल्य बराबरका ढुङ्गाउत्खनन तथा निकासी गरिएको छ।

गाउँपालिका कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको खोलाको आसपास ठूलो परिमाणमा ढुङ्गा थुपारिएको देखिए पनि त्यसको स्रोत, स्वामित्व र निकासीसम्बन्धी वैधानिकताबारे स्थानीयको प्रश्न गरेका छन पालिकाले कार्यालयमा के काम गरेर बसीरहेको छ ?

राज्यको प्राकृतिक सम्पत्तिका रूपमा रहेको नदीजन्य पदार्थको यसरी ठूलो परिमाणमा उत्खनन, सङ्कलन वा निकासी भइरहेको हो भने त्यसको जिम्मेवारी कसले लिने? ढुङ्गा कसले निकाल्यो, कहाँ लैजान राखिएको हो र त्यसबाट राज्यले कति राजस्व प्राप्त गरेको छ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।

गाउँपालिका कार्यालयबाटै करिब एक किलोमिटर दूरीमा ठूलो परिमाणमा ढुङ्गा थुपारिएको अवस्थामा पनि यसको नियमन, अनुगमन र आवश्यक कारबाहीबारे प्रश्न उठ्नु स्वाभाविक हो। यदि कानुनी प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरिएको हो भने त्यो प्राकृतिक स्रोतको दोहन मात्र होइन, राज्यको राजस्वमा समेत क्षति पुर्‍याउने विषय हो।

आखिर गिरुवारी खोलामा थुपारिएका यी ढुङ्गा कसका हुन्? कसको अनुमति र प्रक्रियामा सङ्कलन गरिएका हुन्? राज्यको प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पाएका निकायले यसबारे छानबिन किन नगर्ने?

गिरुवारी खोलामा थुपारिएका ढुङ्गाको परिमाण, स्रोत, स्वामित्व, उत्खनन तथा निकासीको अनुमति र राजस्व भुक्तानीबारे तत्काल छानबिन नभएमा पालिकाको मिलेमतो रहेको तथ्य बुझन स्थानीयलाई सहज हुने हुदा पालिका ले तत्काल कानून बामिजीम नियमन गरी चोरी निकासी बिरुद्ध कड़ा कदम चाल्न जरूरी देखिएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार