२८ अशोज २०८३, बुधबार

काठ-दाउरामा मात्र नभई जडीबुटी र पर्यापर्यटन मार्फ़त आम्दानी बढ़ाऊ :सांसद खनाल

सुनवल/ सांसद विक्रम खनालले बन समितिहरुले अब काठ-दाउरामा मात्र होईंन, जडीबुटी उत्पादन तथा पर्यापर्यटनसँग जोडेर स्थानीय समुदायको आम्दानी बढाउन तर्फ़ जोड़ दीनूपर्ने बताएका छन ।

नवलपरासी-बर्दघाट स्थित संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको हिजो सम्पन्न २३औँ साधारण सभामां प्रमुख आतिथ्यतामा बोल्दै उक्त कुरा बताएका हुन ।

अध्यक्ष बम बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले वन ब्यावस्थापन र संरक्षणलाई आर्थिक समृद्धिका निमती स्थानीय रोजगारी र आयआर्जनको दिगो स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मेयर शम्भु लाल श्रेष्ठले सामुदायिक बनले जल जंगल र पर्यावरण जोगाउन संस्थाले खेलेको भूमिका संतोषजनक भएपनि गरीएका वृक्षारोपणको संरक्षण नभएको बताउदै वन पैदावार वितरणमा समानता र पारदर्शीपूर्ण तवरले वितरण हुनु पर्ने बताए।

जिल्ला बन प्रमुख धनिस्वर न्यौपानेले उपभोक्ता समूहले गरेको गुनासोको जवाफ़मा समूहबाट अत्याधिक कर नलिईएको बताए । साथै समुह बाहिर बिक्री गर्दा लिईने केही बढ़ी कर जायज भएको बताए।

कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ केन्द्रिय अध्यक्ष रेणु सेनले बनका फरक फरक नीति विधिका कारण सामुदायिक वन समिति कमजोर दिशाउन्मुख रहेको बताइन्। उनले भनीन “वन-कानुनका नियमावली कारण सामुदायीक वनलाई हरेक गतिविधिमाअंकुश छ “ अत : कानुन संशोधनको आवश्यकता छ उनले भनींन ।
कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल पराजुलीले वन अतिक्रमण गरी बिकास-निर्माणका काममा सरकारले सरकारी बजेट हालिदिने गैरकानूनी काम बंद गर्न आग्रह गरे।

उनले मठ मन्दिरका नाममा क़ानून बिपरित गरिएका सरकारी लगानीले वन अतिक्रमण सघाऊ पूगेको खुलासा समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी सामुदायीक बन् उापभोक्ता समूहका अध्यक्ष होम बहादुर गुरुङले उत्सर्जन वापतको रकम अवैज्ञानिक तरिकाले वितरण भईरहेकोले रकम वितरण गर्दा सरोकारवालासँग विधिवत छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा पञ्चनगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तारा बहादुर खत्रीले बनको संरक्षण गर्न सके मात्र पानीका मूल संरक्षण हुनेमा जोड़ दिए ।

कार्यक्रममा अध्यक्ष बम बहादुर खत्रीले समूहले गरेका क्रियाकलाप वारे बताऊदै वन क्षेत्र भित्र रहेको बाउन्न घोला सिमसारको निर्माण तथा व्यवस्थापनमा समूहले लगानी गरेको र यस क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन सम्पूर्ण सरोकारवालाबाट पर्यापर्यटन पार्क निर्माणमा सहयोगको अपेक्षा गरेको बताए!
अध्यक्ष खत्रीले रु २ करोड़ हाराहारीको आगामी बार्षको कार्ययोजना सुनाए।

कार्यक्रममा समूहका कोषाध्यक्ष केम प्रसाद थापाले रु १ करोड़ ४३ लाख ,७७,हज़ार गत आर्थिक वर्षको आमदानी प्रस्तुत गर्दै त्यस मध्य १ करोड़ ४१ लाख खर्च गरी रु २ लाख ७३ हज़ार बचत गर्न सफल भएको बिवरण सुनाएकाथिए।
कार्यक्रममा लेखासमितिका संयोजक शंकर प्रसाद पाण्डेयले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरे पश्चात अनुगमन समितिका संयोजक रुद्र बहादुर कार्कीले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्दै जंगल डढेलो नियन्त्रण गर्न पूर्व योजनामां कमी र चोरी निकासी न्यूनीकरण गर्न आवश्यक कार्ययोजनामा कमी रहेकोले सुधार गर्न सुझाव प्रस्तुत गरेका थिए।
संस्थाका उपाध्यक्ष अनिता देवी दुसादले सहभागिलाई औपचारिक स्वागत गरींन भने संस्थाका सचिव दिल कुमारी सुनारले कार्यक्रम संचालन गरेकी थिईन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार