बर्दघाट स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेड १६ औं वार्षिक साधारण सभा बर्दघाट ७ स्थित त्रिनेत्रधाम प्रांगणमा असोज १८ गते सम्पन्न भएको हो। 
पुर्तैयारीका निम्ति २ दिन अधाडी देखी नै सस्थाका सेवा केन्द्रहरु रहेको स्थानहरुमा इकाई भेला आयोजना गर्दै प्रतिनिधिनीहरु चयन गरि विधिपूर्वक प्रतिनिधिहरू चयन गरिएको थियो ।
सभा संस्थाका का.व.अध्यक्ष मनोहर रायमाझीको अध्यक्षता र संस्थाका सल्लाहकार तथा नेपाल बचत तथा ऋणसहकारी संघ नेफ्स्कुनका राष्ट्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड सञ्चालक समितिका सदस्य एवं निर्वतमान अध्यक्ष विष्णुप्रसाद बराल, लुम्विनी प्रदेश बचत संघ लिका संचालक सदस्य तथा यस सस्थाका पूर्व अध्यक्ष खेमराज सुवेदी , जिल्ला समन्वयसमिति सदस्य धनिराम चौधरी , वडा अध्यक्ष एवं संस्थाका शेयर सदस्य ध्रुव थारु, बर्दघाट प्रेस क्लबका अध्यक्ष तथाशेयर सदस्य कुस्माकर ढकाल,संस्थाको निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपाने लगाएको उपस्थिती रहेको थियो।
कार्यक्रमको संचालन संस्थाका सचिव कमला कुमारी गुरुङ्गले गर्नुभएको थियो ।
संस्थाको अध्यक्ष विष्णुप्रसाद बरालले पदबाट राजिनामा दिएसँगै प्रदेश सहकारी ऐन–२०७६ दफा ४१ व्यावस्थानुसाररिक्त रहेके पदमा निर्वाचन गरी पदपुर्ती गर्नै व्यावस्थानुसार निर्वाचन गरि कार्यवहाक अध्यक्षको जिम्मेवारी समाल्नुभएका रायमाझीलाई वार्षिक साधारण सभाबाट सर्वसम्मतीमा अध्यक्ष पदमा चयनगरिएको थियो ।
संस्था १३ सदस्यीय सञ्चालक कार्यसमिति रहेकोमा यस १६ औं वार्षिक साधारण सभाले कार्यसमितिको संख्यालाईघटाएर ९ सदस्य बनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन वमोजिम नौ सदस्य कार्यसमितिबनाउदा समिति भित्रबाट नै खाली रहेको उपाध्यक्ष पदमा मायादेवी खरेललाई लगिएको छ भने सचिव र कोषाध्यक्षपदमा कमलाकुमारी गुरुङ र रुक्मागत पाण्डे यथावत नै रहनु भएको छ ।
त्यस्तै सदस्यहरूमा बिमलकुमार श्रेष्ठ ,सरिता सापकोटा दिपक प्रसाद भण्डारी ,सविता पंगेनी र गोमा थापा यथावत नैरहनु भएको छ भने पुन्यवती मिश्र,मेनका क्षेत्री र शान्ति देवि अधिकारीले कार्यसमितिबाट दिएको राजिनामा स्वीकृत भएको छ ।
हाल सहकारीमा ६ हजार ६ सय ३३ जना शेयर सदस्य रहेका छन्न भने महिला सदस्य ४ हजार ३०१ र पुरुष सदस्य २हजार ३३० जना रहेका छन्। संस्थाको कार्यक्षेत्र बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुरगाउँपालिकाका सबै वडासम्म रहेको छ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले पछिल्लो आर्थिक वर्षमा बचत तथा ऋण लगानीलगायतका क्षेत्रमाउल्लेख्य प्रगति गरेको छ। आगामी वर्ष शेयर सदस्य वृद्धि, शेयर पुँजी, बचत, ऋण लगानी तथा कुल सम्पत्तिमा थपवृद्धि गर्ने लक्ष्यसमेत संस्थाले लिएको छ।
३ करोड ८० लाख २० हजार २ सय शेयर पुंजी रहेको हाम्रो सुपर साकोसले ४७ करोड ४७ लाख २३ हजार ५ सय ४६रूपैया बचत गरी ३५ करोड ६९ लाख ८ सय ६१ रूपैया ऋणा लागनी गरेको छ भने आफ्नो जगेडाकोषमा २ करोड ४८लाख ७३ हजार ३ सय ४६ रुपैया जम्मा गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी संस्थाको कुल सम्पति ५७करोड ३६ लाख ८९ हजार ५ सय ९ रुपैया रहेको संस्थाले जनाएको छ ।

