२९ अशोज २०८३, बिहिबार

हुप्सेकोटमा नवलपुर प्रहरी-प्रशासनद्वारा नागरिक सुनुवाइ, स्थानीयका प्रश्न:प्रहरीप्रशासनको जवाफ!

असोज २८, कावासोती ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिकका जिज्ञासा, गुनासा र सुझाव सुन्ने उद्देश्यले नवलपुर प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र हुप्सेकोट गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार दिउँसो गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो।

प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्का, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, सञ्चारकर्मी, विभिन्न क्षेत्रका पदाधिकारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नागरिकहरूले विभिन्न क्षेत्रसँग सम्बन्धित जिज्ञासा, प्रश्न तथा सुझाव राखेका थिए। उठेका प्रश्न र जिज्ञासाको प्रमुख जिल्ला अधिकारी उपाध्याय तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काले पालैपालो जवाफ दिनुभएको थियो।

नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयका सवाल तथा सुझावलाई सम्बन्धित निकायका प्रमुखसमक्ष राख्ने अवसर प्रदान गरिएको थियो।

नागरिक सुनुवाइमार्फत स्थानीयका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिने तथा प्रशासन र प्रहरी सेवासम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने अभ्यासलाई निरन्तरता दिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक अनिल पण्डितले बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार