२९ अशोज २०८३, बिहिबार

सुनवल अब ‘महिला मैत्री शहर’ उन्मुख : सरोकारवालालाई २ दिने प्रशिक्षक प्रशिक्षण सञ्चालन

सुनवल / असोज २९   /

सुनवल नगरपालिकामा ‘महिला मैत्री शहर निर्माण योजनाअन्तर्गत अन्तिम चरणमा सञ्चालित दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

नगरप्रमुख बिमला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्थानीय सरकार शहरी योजना तर्जुमा मार्गदर्शन, २०८३ को प्रभावकारी कार्यान्वयन गर्न तथा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सहजीकरण तालिम सञ्चालन गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), युएनओपिएस (UNOPS) र Cities Alliance द्वारा युरोपेली संघ (European Union) एवं फिनल्याण्ड सरकारको सहयोगमा यो परियोजना सुनवल, तिलोत्तमा लगायत अन्य  केही पालिकाहरूमां सञ्चालित रहेको छ।

तालिमको समापन अवसरमा सहभागी जनप्रतिनिधिहरू तथा नगरपालिकाका सम्बन्धित शाखा र इकाइका कर्मचारीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।

यस तालिमले स्थानीय तहमा समावेशी, लैङ्गिक उत्तरदायी तथा सहभागितामूलक शहरी योजना तर्जुमा र कार्यान्वयनलाई प्रवर्द्धन गर्दै महिला मैत्री, सुरक्षित र समावेशी शहर निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार