३१ भदौ २०८३, बुधबार

ओ.पी. जिंदल विश्वविद्यालय र लिंक वेभ ग्लोबल स्टडीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ओ.पी. जिंदल विश्वविद्यालय (OPJU) र लिंक वेभ ग्लोबल स्टडीबीच नेपालमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

ओ.पी. जिंदल विश्वविद्यालयका उपकुलपति डा. आर.डी. पाटीदारले MoU हस्ताक्षर समारोहमा बोल्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षामा केन्द्रित रही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह एवं आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले OPJU ले औद्योगिक सम्बन्ध मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहेको उल्लेख गरे।

लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले OPJU लाई नेपालमा सशक्त रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “लिंक वेभ OPJU को नेपाल बजारमा सशक्त रूपमा उपस्थिति बनाउनेछ। दुबै संस्थाले एक-अर्कालाई परिपूरक बनाउँदै नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू उपलब्ध गराउनेछन्।”

ओ.पी. जिंदल विश्वविद्यालय इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा टेक्नोलोजी जस्ता लोकप्रिय पाठ्यक्रमहरूका लागि प्रख्यात छ।

साथै, विश्वविद्यालयको आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकोले विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यावहारिक तालिम तथा रोजगारीको अवसर पाउनेछन्।

यस समझदारीले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा, गुणस्तरीय प्रशिक्षण, तथा रोजगारीका अवसरहरूमा सहज पहुँच पुर्याउने विश्वास गरिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार