• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कोइकाद्वारा ४.७ मिलियन डलरको ग्रामीण विकास परियोजना सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार ११:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले कोरियन डेभलपमेन्ट स्ट्राटेजी इन्स्टिच्युट (KDS) कन्सोर्टियम र धुलिखेल अस्पतालसँगको सहकार्यमा पाँच वर्षे ग्रामीण विकास परियोजना “स्वास्थ्य तथा आम्दानी वृद्धिका लागि एकीकृत दृष्टिकोणमार्फत ग्रामीण समुदायको सशक्तिकरण” सफलतापूर्वक सम्पन्न गरेको छ। यस परियोजनामा कुल ४.७ मिलियन अमेरिकी डलरको लगानी गरिएको थियो।

    समापन समारोह काठमाडौं उपत्यकाको स्क्वायर होटलमा आयोजना गरिएको थियो, जहाँ करिब १५० जना सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय र स्थानीय सरकार, कोरियाली राजदूतावास, KOICA नेपाल कार्यालय, धुलिखेल अस्पताल तथा विभिन्न नागरिक समाजका प्रतिनिधिहरू थिए।

    परियोजना धुलिखेल अस्पतालका चार वटा outreach केन्द्रहरूमार्फत तनहुँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन गरियो। यस परियोजनाले कृषि पूर्वाधार जस्तै सङ्कलन केन्द्र, डेमो फार्म, सवारी साधनको व्यवस्था तथा किसान समूहलाई सशक्त बनाउने तालिम प्रदान गर्‍यो। खेतीबालीमा संलग्न नभएका समुदायका लागि पनि उद्यमशिलता र व्यवसायिक सीप तालिम दिइयो।

    स्वास्थ्य क्षेत्रमा, दुई नयाँ outreach स्वास्थ्य केन्द्रहरू निर्माण गरी आवश्यक उपकरणहरू जडान गरिएको थियो। स्थानीय स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूलाई पनि व्यापक तालिम दिइएको छ। परियोजनाले समुदाय–आधारित समिति मार्फत आर्थिक र स्वास्थ्य सुधारमा योगदान मात्र होइन, सामाजिक एकता र सहभागिता पनि अभिवृद्धि गरेको छ।

    KOICA नेपालका कन्ट्री डाइरेक्टर श्री कोंग मूहोनले कृषि र स्वास्थ्यलाई जोड्ने रणनीतिक दृष्टिकोणले ग्रामीण समुदायको सुदृढीकरणमा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो।

    धुलिखेल अस्पतालका डा. बिराज मान कर्माचार्यले परियोजना सफलताका लागि समर्पित टिमलाई धन्यवाद दिंदै, परियोजनाको स्थलगत प्रभाव देखिन थालेकाले यसको निरन्तरताको माग गर्नुभयो।

    KDS का परियोजना प्रमुख डा. युन हे जिनले कोभिड–१९ को चुनौतीका बाबजुद परियोजना सफल भएकोमा खुशी व्यक्त गर्दै समुदाय, स्थानीय सरकार तथा समर्पित टिमप्रति आभार प्रकट गर्नुभयो।

    सन् १९९१ देखि कोरिया गणराज्यले KOICA मार्फत नेपाललाई स्वास्थ्य, व्यवसायिक तालिम, सूचना प्रविधि तथा ग्रामीण विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ। सन् २०२४ सम्ममा KOICA को कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघिसकेको छ। १५ वर्षदेखि नेपालको कोर पार्टनरशिप कन्ट्री को रूपमा निरन्तरता पाउनु दुई देशबीचको प्रगाढ सम्बन्ध र दीर्घकालीन प्रतिबद्धताको सूचक हो।

    Post Views: 398

    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ११:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.