• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवालमा मनाइयो श्रमिक दिवस, मज़दूरको दुःखमा राज्य साथ रहनू पर्च

  •  संवाददाता
  • २०८२ बैशाख १९, शुक्रबार ००:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल बैशाख १९/ नेपाल ट्रेड युनियन कांग्रेसले में १ –१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस”आन्तरिक रोजगारी रसामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माण” भन्ने मूल नाराका साथ आजदेशभर विविध कार्यक्रम गरी मनाएको छ।

    नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला शाखा पश्चिम नवलपरासीले सुनवलमा श्रमिक दिवसका अवसरमा शुभकामनाआदानप्रदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देव करणकवलार (सन्तु) प्रमुख अतिथि रहेका थिए भने सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञान हरिअर्यालले गरेका थिए ।

    श्रमिक दिवस सन् १८८६ को मे १ मा अमेरिकाको शिकागो शहरमा श्रमिकहरूले आठ घण्टा कार्यदिन को माग गर्दैआन्दोलन चलाएको घटनाबाट सुरु भई आज सम्म प्रत्येक निरन्तर मनाइन्छ। त्यही संघर्षको परिणामस्वरूप आजविश्वका अधिकांश देशहरूमा श्रमिक दिवस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मनाइन्छ। यो दिन श्रमिक वर्गको संघर्ष, योगदान र अधिकारको सम्मानस्वरूप विविध कार्यक्रम गरी मनाउने गरिन्छ।

    शुभकामना मन्तव्य दिँदै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कवलार (सन्तु) ले लोकतन्त्रभित्र मात्रैश्रमिक वर्गका हकअधिकार स्थापित र सुरक्षित गर्न सकिने धारणा राख्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य र प्रणालीलेमात्र श्रमिक वर्गलाई न्याय र अवसरको पहुँच दिलाउन सक्ने उल्लेख गर्दै भने, “श्रमिकको हित सुनिश्चित नगरी कुनैपनि मुलुकको दिगो विकास सम्भव हुँदैन।”

    मन्त्री कवलारले देशको विकासमा निर्माण श्रमिकको भूमिका आधारशिला सरह रहेको उल्लेख गर्दै श्रमिकवर्गका पीडा, माग र आवश्यकता सरकारको प्राथमिक सरोकार बन्नुपर्नेमा जोड दिनुभयो। “म स्वयं श्रमिकका समस्यालाई आफ्नैव्यक्तिगत समस्या सरह लिन्छु,” उहाँले भन्नुभयो, “श्रमिकका जायज माग र हक सुनिश्चित गर्न म कुनै पनि मन्त्रालय, निकाय, वा संघसंस्थासँग सहकार्य गर्न सधैं तयार छु।”

    उहाँले श्रमिकका मुद्दाहरूमा गम्भीर ढंगले ध्यान दिँदै, आगामी नीति निर्माण, बजेट विनियोजन तथा कानुनी संरचनामाश्रमिकमैत्री व्यवस्था लागू गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “श्रमको सम्मान नगरी समृद्ध राष्ट्रकोपरिकल्पना अधूरो रहन्छ,” मन्त्री कवलारले भने, “तसर्थ सबै राजनीतिक दल र सरकारी निकायले श्रमिककोआवाजलाई प्राथमिकतामा राख्न जरुरी छ।”

    कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञान हरि अर्यालले श्रमिक वर्गको आत्मसम्मान रश्रमिक एकताको आवश्यकता मा विशेष जोड दिनुभयो। उहाँले एक मजदुरले अर्काे मजदुरलाई सम्मान गर्नु अहिलेकोआवश्यकताको पहिलो सर्त भएको स्पष्ट पार्नुभयो। “सम्मान बिना श्रमिकको मुक्ति सम्भव छैन,” उहाँले भन्नुभयो, “श्रमलाई सम्मान नगरी श्रमिकको अधिकार स्थापित हुँदैन।”

    उहाँले वर्तमान अवस्थामा पनि मजदुरहरू न्यूनतम पारिश्रमिक नपाउने, समान काममा फरक तलब पाइरहेका, कामगरेबापत पारिश्रमिक समयमै नपाउने, सामाजिक सुरक्षाको पहुँचबाट टाढा रहेको, श्रमिकको बीमा व्यवस्था कमजोररहेको, जस्ता गम्भीर समस्याहरू रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

    “यस्ता समस्याहरू केवल संगठनमा आवद्ध भएर मात्र समाधान हुँदैन,” उहाँले थप भन्नुभयो, “सबै श्रमिक एकजुट भईसाझा आवाज उठाउने र दबाब सिर्जना गर्ने दिशामा अगाडि बढ्न जरुरी छ।”

    अध्यक्ष अर्यालले श्रमिक अधिकार सुनिश्चित गर्न राज्य, निजी क्षेत्र, ट्रेड युनियन र स्वयं श्रमिकबीच सशक्त समन्वयहुनुपर्नेमा पनि जोड दिनुभयो। उहाँले आगामी दिनमा श्रमिक आन्दोलनलाई अझ संस्थागत, सशक्त र प्रभावकारीबनाउने अभियानमा सबैले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो।

    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अर्जुन पोख्रेल, वरिष्ठ नेता मोहन प्रसाद शर्मा, क्षेत्रीय सभापति माधवपाण्ड्य, महासमिति सदस्य अनिता शर्मा, महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी, उद्योग वाणिज्य संघ अध्यक्ष रमेशकर्माचार्य, प्रेस युनियन सभापति उमेश कुमार बी.क.लगायतले सहभागिता जनाएका थिए।

    नेताहरूले श्रमिक अधिकारलाई चुनावी हतियार बनाउने प्रवृत्तिबाट दलहरू बाहिरिनुपर्ने चेतावनी दिँदै, बारम्बारदोहोरिने वाचा पूरा नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए।

    श्रमिकहरूप्रति शुभकामना व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश सह–सचिव सदनराम गुप्ताले स्वागत मन्तव्यराख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला उपाध्यक्ष संजय श्रेष्ठले गर्नुभएको थियो

    Post Views: 264

    प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार ००:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.