२० कार्तिक २०८३, शुक्रबार

नेपाली काँग्रेस-(देउवा) नवलपरासीद्वारा नगर संयोजक सहित थप महत्वपूर्ण पदहरुमा मनोनयन !

परासी/कार्तिक २०

नेपाली काँग्रेस-(देउवा)नवलपरासीद्वारा नेपाल तरुण दल सुनवलको संयोजकमा लेखबहादुर गुरुङ”ललित “ र रामग्राम संयोजकमा चिन्तामनी यादब सहित बिभिन्न पदहरूमा मनोनीत प्रक्रिया अघि बढ़ाएको छ!

नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनअन्तर्गत क्षेत्र नम्बर २ को अधिवेशन तयारी समितिले लेखबहादुर गुरुङ (ललित) र चिन्तामनी यादब सहित बिभिन्न व्यक्तिलाई मनोनीत गरेको हो ।
नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन नवलपरासी जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ अधिवेशन तयारी समितिको २०८३ असोज १५ गते बसेको बैठकको निर्णयअनुसार नेपाल तरुण दल सुनवल नगरपालिकाको सह-संयोजकमा संजय अर्याललाई जिम्मेवारी दिइएको छ भने सुनवल नगर वार्ड न १० को संयोजकमा किश्मत नाथ कंवरलाई जिम्मेवारी दिइएको जिल्ला सह संयोजक गोपी पुनले जानकारी दिएका छन ।
जिल्ला समितिका संयोजक धर्मदत्त चापागाईंद्वारा हस्ताक्षरित पत्र ग्रहण गर्दै मनोनित संयोजक सह संयोजकहरूले आ -आफ़नो जिम्मेवारी अविचलित रूपमा पूर्ण ईमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता एवं विश्वास लिएको जनाएका छन्।

Previous article
- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार