बर्दघाट
देशमा लोकतन्त्र र गणतन्त्र स्थापना पछी जनतालाई घर-आगनमैं सिहदरबारको सेवा दिन जन्माईएका पालिका प्रमुखहरूको कार्यशैली र जनउत्तरदायित्व विहीन देखिददा नागरिकहरु निराश हुदै गएको पाईएको छ ।

सामुदायिक बन उपभोक्ता महासङ नवलपरासीले शनिवार आयोजना गरेको स्थानिय सरकारसंग जनसमस्या समाधानका बिषयमा समन्वय र छलफल गर्न आयोजना गरिएको गोष्ठीमा स्थानिय सरकारका प्रमुखनै उपस्थित नभए पछि आयोजक तथा नागरिकजन रुष्ट बनेका छन ।
पश्चिम नवलपरासीका ७ वटा स्थानिय तहहरू कुनै पनि पालिकाका प्रमुखहरू कार्यक्रममा उपस्थित नभएपछीआयोजक थप रुष्ट भएको हो ।
स्थानिय सरकार, डिभिजन बन, सब डिभिजन बन, र सामुदायिक बन समुहको समन्वयात्मक गोष्ठी भुमहिमाआयोजना गरिएको थियो। सामुदायिक बन उपभोक्ता महासङ पश्चिम नवलपरासीका अध्यक्ष शारदा शर्मा पोखरेलकोअध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि बन तथा वातावरण समितिका सभापति एवम प्रदेश साम्सद बिश्वप्रेम पाठककोप्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै सम्योजक पाठकले नीति नियम तथाऐन बाझिदा सामुदायिक बन करको मारमा परेको स्विकार्दै लुम्बिनी प्रदेश सरकार एकद्वार एक स्थान कर प्रणालीअवलम्नन गर्न नीति नियम बनाउने चरणमा अघि बढेको बताउनुभयो। उहाले स्थानिय सरकारनै लागेर बनकर्मचारिसरुवा गर्न लागि पर्नु गलत प्रबृत्ति हावी भएको बताउनु भयो। उहाले रुख जोगाउन सामुदायिक बन बिना सोच्नपनि नसकिने बताउदै उपभोक्तालाई असर नपर्ने गरि करको दायरा निर्धारण गरिने बताउनु भयो। उहाले रास्ट्रीययोजनाले कटान गरेका रुखहरु जतिसक्दो छिटो उपभोक्तालाइ हस्तान्तरण गर्नु पर्ने बिचार ब्यक्त गर्दै त्यसकार्यकालागी आफुले पहल सुरुगर्ने बताउनुभयो।
कार्यक्रममा डिभिजन बन कार्यालयका निमित्त बन अधिकृत मरिच लामाले बन जोगाउन स्थानिय, सामुदायीक बनकार्यालय, बन कार्यालय सबै मिलेर जोगाउनु पर्ने कुरामा जोड दिनुभयो। उहाले आरोप लागाउने भन्दाअनी एकजुटहुनुमै सबैको भलो हुने बताउदै आफ्नो मान्छेले तस्कारी गरे जोगाउने परिपाटिको अन्त्यगर्न सबै लाग्नुपर्ने बताउनु भयो।उहाले सामुदायिक बनले रुख काटेर मात्र आम्दानी हुन्छ भन्ने परिपाटिको अन्त्य गर्दै बैकल्पिक श्रोत साधनको उपयोगतर्फ पनि समुदाय लाग्नु पर्ने बताउनुभयो। प्रदेस सरकार र स्थानिय सरकारको ऐन नीति नियम बाझिदा सामन्य जनतातथा सामुदायिक बनले हैरानी खेप्नु बरेको हुँदा प्रमुख अतिथिलाइ समन्वयकारी भुमिका खेल्न आग्रह गर्नुभयो।
कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य कमल परियारले असहज परिस्थितिमा बनको गोठालो भएर जोगाएको बनमाअहिले स्थानिय सिंह दरवारले बन जोगाउन कुनै चासो नदिएको गुनासो गर्दै जोगाउनु पर्ने भन्दा पनि सामुदायिक बनलेसहयोग गरेन भन्दै थप असहज पर्ने काम गरेको बताउनु भयो । परियारले गाउगाउमा आएका सिंह दरवारले आफ्नोस्वार्थको पछि लागेर सामुदायिक बनको अधिकार खोस्न लागिपरेको हुँदा सिंह दरवारलाइ नीति र विधि बमोजिमकार्यसम्पादन गर्न आग्रह गर्नुभयो। उहाले डिभिजन बन कार्यालय प्रमुख लाई हटाउन खोज्ने ले के बन जोगाउन पहलगर्छ ? सामुदायिक बनले बन हेर्न छोडे स्थानिय सिंह दरवारले हेन सक्छ ? भन्ने प्रस्न राख्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफनका केन्द्रिय सदस्य टिचन गुरुङले लुम्बिनी प्रदेशले सामुदायिक बनलाई लगाएको२५ प्रतिशत करले सिङगो लुम्बिनिप्रदेश समस्यामा परेको बताउदै कर समायोजनमा पहल गर्न सबैलाइ आग्रह गर्दैगर्नुभयो।साथै उहाले स्थानिय सरकारको प्रमुख भुमिका रहने कार्यक्रममा स्थानिय सरकारनै उपस्थित नहुनु खेद जनकरहेको भन्दै खेद प्रकट गर्नुभयो ।
फेकोफनका प्रदेश सदस्य नारायण पाण्डेले नेपाल सरकारले बिनियोजन गर्ने बन उपभोक्ता समितिले समयमै थाहानपाउदा बजेट फृज भएर जाने गरेका कारण समयमै सम्बन्धित कार्यालयले जानकारिका लागि पनि समय सापेक्षकार्यक्रम सन्चालन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफनका प्रदेश सदस्य दिर्घ नारायन अर्याल स्थानिय सरकारले किन स्थानिय बन सङसमन्वय नगरी काम गर्छन? उहाले यसरि एकलौटी तवरले गरेका काम को समन्वय कानुनी रुपमै सुधार गर्नु पर्नेजिकिर गर्नु भयो।
कार्यक्रममा सुस्ता पालिका स्तरिय अध्यक्ष मेघनाथ आचार्यले अनुगमनको जिम्मेवारी पाएको सस्थाले भन्दापनी बनकार्यालयको समन्वयमा अन्य सस्थाहरु पनि हुनि पर्ने जिकिर गर्नु भयो।
कार्यक्रमा सामुदायिक बनका प्रतिनिधिहरुले स्थानिय सरकारले गरेका गतिबिधिले बन जोगाउन असहज परिस्थितीआएको बाताए। उनिहरुले स्थानिय सरकार बन जोगाउन भन्दा पनि खुल्लम खुल्ला बनका कर्मचारी सरुवा गर्न धम्किदिने कार्यमा सम्लग्न हुमे गरेको बताउदै आजको कार्यक्रममा स्थानिय सरकारहरु उपस्थित नहुनुमा पनि स्थानियसरकारको स्वार्थ लुकेको जिकिर गरेका छन। कार्यक्रमलाइ समापन गर्दै सस्थाकी अध्यक्षले स्थानिय सरकार नआफुले कार्यक्रम आयोजना गरेर हाम्रो समस्या राख्न दिन्छ न हामिले राखेको कार्यक्रममा सहभागी हुन्छ भन्दै स्थानियसरकारको चर्को आलोचना गर्नुभएको थियो।
डिभिजन बन कार्यालयको आर्थिक सहयोग तथा सामुदायिक बन उपभोक्ता महासङ नवलपरासी पस्चिमकोआयोजनामा सस्थाका सचिव खेमराज सापकोटाको सन्चालनमा सन्चालित कार्यक्रममा स्वागत मन्तब्य डिलकराजडुम्रेको रहेको थियो ।


