• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महिनावारी स्वास्थ्य सचेतनाका लागि ३९२ साइकल यात्री र्‍याली

  •  संवाददाता
  • २०८२ जेष्ठ १६, शुक्रबार १२:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    महिनावारी स्वच्छताका लागि ३९२ साइकल यात्रीको सचेतनामूलक र्‍याली

    काठमाडौँ, १६ जेठ ।
    एघारौँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर ३९२ जना साइकलयात्रीले सचेतनामूलक साइकल र्‍याली गरेका छन् ।

    महिनावारी स्वच्छताका लागि ‍काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्‍यालीमा ३ सय ५२ जना महिलासहित ३ सय ९२ जना साइकल यात्रीले काठमाडौँ – भक्तपुर – ललितपुर साइकल यात्रा गरेका हुन् । साइकल र्‍यालीको समापनका क्रममा बोल्दै सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरे ।
    कार्यक्रमको समापन सभामा बोल्दै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहार सुधार हुनुपर्ने बताउनुभयो । उहाँले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको उल्लेख गर्नुभयो । उहाँले महिनावारीका बेला हुने पारिवारिक सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्‍यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जनामात्र महिला सहभागी भएको स्मरण गर्दै ८ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको उल्लेख गर्नुभयो । साइकल र्‍यालीका सहभागीले महिनावारीका बेला घरभित्र थुनिनुपर्ने वा अलग व्यवहार भोग्नुपर्ने असामाजिक मान्यता चिर्न र्‍यालीमा सहभागी भएको बताए ।

    महर्जनले एक्सपोज नेपालमार्फत देशका विभिन्न जिल्लाका सयौँ महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाइ प्रयोग र बिक्रीमार्फत आर्थिक उपार्जनमा जोड्दै आउनुभएको छ ।

    महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ काठमाडौको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्‍याली सुरु गरि ललितपुरको मंगलबजारमा समापन भएको हो । र्‍यालीमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल MHMPA , वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, राइट हियर राइट नाउ नेपाल, डिग्निटी विदआउट डेन्जरलगायतका संस्थाहरूले सघाएका महर्जनले जानकारी दिनुभयो ।

    Post Views: 294

    प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १२:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.