नवलपरासीर – २८/ असार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले जिल्ला अनुशासन समिति नवलपरासीद्वारा आफूमाथि गरिएको भनिएको कारबाही निति विपरीत र हास्यास्पद भएको प्रतिक्रिया दिनुभएको छ ।
गत निर्वाचनको समय ७९ भाद्र २३ मा तत्कालिन प्रतिनिधिसभा क्षेत्र नं २का उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य देवेन्दराज कण्डेल सहितका ७ जना नवलपरासीका नेता कार्यकर्ता उपर जिल्ला अनुशासन समितिले गरेको कारवाहीलाई सुनुवाई गर्दै केन्द्रिय अनुशासन समितिद्वारा ठोस प्रमाण विना प्रकृया नपुरयाई कार्यवाही गरिएकोमा उक्त कारवाहीको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि वदर गरिसकेको अवस्थामा जिल्लाले गरेको भनेको कारवाहीको कुनै औचित्य नभएको नेता कण्डेलले वताउनु भएको हो ।
बिहीबार नवलपरासी काङ्ग्रेसले केन्द्रीय सदस्य कँडेललाई ५ बर्षको लागि पार्र्टीबाट निकालिएको खबर एकाएक बाहिर आएपछि नेता कँडेलले आफुमाथि जिल्लाले गरेको हास्यस्पद कारवाही सस्तो लोकप्रियता र राजनीतिक प्रतिशोध साध्ने प्रयासमात्र भएको टिप्पणी गर्नुभएको छ ।
कारवाहीवारे प्रतिक्रिया दिने क्रममा नेता कण्डेलले जिल्ला समितिले अव पार्टी सभापति शेरबहादुर देउवामाथी पनि जिल्ला समितिले नै कारबाही गर्न सक्ने तर्फ व्यागं गर्दै नेता कण्डेलले जिल्लाको विधान अनुसार पार्टीमा भएका पार्टीनिति प्रतिकुलका गतिविधीमा संलग्नता का प्रमाणहरु उल्लेख गरी केन्द्रमा सिफारिस मात्र गर्न सक्ने वताउनुभयो ।
नेता कण्डेलले आफूमाथि गरिएको कारवाहीको प्रचारलाई हास्यास्पदको संज्ञा दिदै जिल्लाका केही पार्टी हित नचाहने व्यक्तिहरूले विधान प्रतिकुल, व्यक्तिगत ईगो र समुहगत प्रतिस्पर्धाले प्रेरित भई बिधि विधान विपरीत भ्रामक प्रचार गरिरहेको आरोप लगाउनु भएको छ ।
यो साता मात्रै काग्र्रेस केन्द्रीय अनुसासन समितिले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई अनुशासन उल्लंघनको आरोपमा एक वर्षका लागि साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेको विषयलाई लिएर सो को प्रतिसोधमा आफुमाथि जिल्लाले कारवाहीको हल्ला फिजाएर भ्रम श्रृजना गर्न खोजेको नेता कण्डेलको भनाई छ ।
तत्कालिन प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ने का केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल , क्षेत्र न १ का सांसद उम्मेदवार बिनोद चौधरी ,प्रदेश सभा सदस्यका उमेदवार वैजनाथ जयसवाल, समानुपातिक उमेदवार अयोध्या प्रसाद यादव र हालका जिल्ला कार्य समितिका प्रवक्ता समेत रहेका तत्कालीन समानुपातिक तर्फका प्रदेश सभा सदस्यका उमेदवार राधेश्याम पाठक समेतले गत ७९ सालको निर्वाचनमा जिल्लाभर अन्तर्घात गरेको भन्दै महामन्त्री बिक्रम खनाल माथि अनुसासनको कारवाहीका माग गरि केन्द्रीय अनुसासन समिति समक्ष उजुरी दिएका थिए ।
जिल्लामा गुटगत समीकरणको सन्दर्भमा संस्थापन इतर समूह(शेखर समुह)का नेता खनालमाथि कारबाही भए पछि संस्थापन पक्षका केन्द्रीय सदस्य कण्डेल माथि जिल्ला स्तरबाट कारबाही गरिनु कांग्रेसभित्र गर्भमा कायम रहेको गुटगत प्रतिस्पर्धाको विष्फोटन भएको राजनीतीक वृतमा चर्चा भइरहेको छ ।
जो कोहि पार्टी अनुशासन विपरितका गतिविधिमा संलग्न भएका खण्डमा कारवाही योग्य भए विधान र निति बमोजिम स प्रमाण बैधानिक प्रक्रिया मार्फत अघी वढ्दा विधिसंम्मत हुने भन्दै अनुशासन समितिको काम कर्तव्य समेत अध्ययन र विश्लेषण नै नगरी पूर्वाग्राही र हचुवाका भरमा चलाइएको कारवाहीको हल्ला र प्रचारवाजीले पार्टीभित्रको आन्तरीक एकता थप कमजोर बनाउँने केन्द्रीय सदस्य कँडेलको जिकीर छ ।
यस विषयमा लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति अमरसिंह पुनले पार्टीका केन्द्रीय सदस्य कँडेललाई जिल्ला कार्य समितिले कार्यवाही गर्न नमिल्ने र गरिएको कार्यवाही प्रतिशोधको भावना बाट प्रेरित भएको वताउनुभएको छ ।
यतिवेला जिल्ला कार्य समिति नवलपरासीले केन्द्रीय सदस्य कण्डेल माथि कारबाही गरिएको भनिएको तथ्य प्रक्रिया र विधि सम्मत नभएको र जिल्लाले गर्न सक्ने भनेको निर्वाचन जारीनै रहेको चरणमा तत्काल पार्टी हित विरूद्ध गतिविधिमा संलग्न हुनेलाई तत्काल छोटो अवधीका लागि कारबाही गर्न सक्छ तर सो वाहेक “अनुशासनको कारबाही गर्नु परेमा आफुभन्दा माथिल्लो अर्थात प्रदेश र केन्द्रीय समितिलाई स प्रमाण सिफारिस गर्न सक्छ”प्रदेश सभापति पुनको प्रतिकृया छ ।



