नेपाली काग्रेसका प्रभावशाली नेता केद्रिय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कण्डेलले नेपाल पूनः हिन्दु सापेक्ष राज्य हुनु पर्ने वताउनु भएको छ ।
नवलपरासी पश्चिमको सुनवलमा संचालन भईरहेको श्री हरिहर ओमकारेश्वर श्रावणी महामहोत्सव २०८२को ३०औं दिनको धार्मिक सभालाई प्रमुख अतिथिका रुपमा सम्वोदनका क्रममा उक्त भाव प्रकट गर्नु भएको हो ।
श्रावण १ गते देखि अनवरतरुपमा सन्चालन भईरहेको श्रावणी महोत्सवमा श्रदालु भक्तजनहरुका माझ केन्द्रय सदस्य क(डेलले आफु समाजसेवीका साथै एक सच्चा हिन्दु परम्परा साधक भई आफ्रना पूर्वजले स्थापना गरेको पाल्हीनन्दन स्थीत पाल्ही कोटक देवी मन्दीरको पूजारी भएको वताउनु भयो ।
कग्रेस नेता कण्डेलले आफुले राष्टीय एकताका निम्त समेत धार्मिक स्वतन्त्ररता सहितको हिन्दु राष्टका निम्ती विगत देखिनै आफु निरन्तर अभियानमा लागीपरेको र कग्रेस केन्द्रय समितिमा समेत हिन्दु राज्यको एजेण्डा स्थापीत हुदै गएकोले देश छिटै हिन्दु राष्टहुने धारणा व्यक्त गर्नुभएको छ ।
नेता कण्डेलले हिन्दु सस्कार भित्रको सुन्दर पारीवारीक परम्परामा जसरी एक अभिभावकका रुपमा परिवारका अग्रजहरुलाई सम्मान गरिने परम्परा स्थापीत छ र सोहि कारण परिवारीक व्यवस्था निरन्तर विकास क्रममा सफलतापूर्वक अघि वढ्न सम्भव भई रहेको हुन्छ ।
त्यसै गरी आज समाजमा स्थापीत हरेक संगठनहरुमा समेत अग्रजलाई गरिने सम्मान र सदभावले संस्था निरन्तर प्रगतीउन्मुख गतिमा अघि वढिरहेको हुन्छ ।
काग्रेस केन्द्रय समिति भित्र हिन्दु राज्य पूनस्थापनाको एजेण्डालाई निरन्तर रुपमा वुलन्द आवाज सहित वहस गर्दै आउनुभएका प्रभावशाली नेताहरु मध्ये पूर्व पूर्वगृहराज्यमन्त्री कण्डेल समेत रहनु भएको जन वुझाई रहेको छ ।

अंतराष्ट्रीय कथा बाचक बाल ब्यास श्री श्रवण नेउपाने मूल अनुष्ठान संकल्पकार रहनूभएको ओमकारेश्वर श्रावणी महामहोत्सवको २०८२ भोली ३१ गाते समापन हुदैछ ।
गत श्रवण १ गते महोत्सवको शुभारम्भ मुक्तिनाथ पीठाधीश स्वामी कमलन्वयनआचार्यले गर्नु भएको थियो भने २६ गते देखी भोली समापनका दिन सम्म अन्तराष्ट्रीय कथा बाचिका राधिका दासीले कथा वाचन गरीरहनू भएको छ ।



