• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा कुमुदिनी स्कूलले गर्यो १९० विद्यार्थी सम्मान

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार २३:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित कुमुदिनी ई.बी.एस. स्कुलले शुक्रबार कार्यक्रमको आयोजना गर्दै यस वर्षको एस.ई.ई.र एस.एल.सी.ई. उतिर्ण १९० जना विद्यार्थीलाई सम्मान तथा बधाई दिएको छ । बिधालयले SEE का ८९ जना र SLCE का १०१ जना बिध्यार्थिलाई सम्मान गरेको हो।
    सोही अवसरमा एस.एल.सी.ई. विद्यार्थीहरूको कन्भोकेशन समारोह समेत सम्पन्न भएको थियो, जसमा उनीहरूलाई टोपी र gown लगाइएर प्रमाणपत्र प्रदान गरियो ।
    विद्यालयकी अध्यक्ष कमला शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव “रूदल”को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले विद्यालयको नतिजाले जिल्लाको शैक्षिक स्तर उकास्न ठूलो योगदान पुर्‍याएको बताउँदै किशोर अवस्थाका विद्यार्थीलाई सचेत रहन र शिक्षक तथा अभिभावकको सल्लाह पालन गर्न सुझाव दिनुभयो । उहाँले यो उमेर साथिको लहलहैमा लाग्ने उमेर भएकाले पनि अभिभावक समेत सचेत रहनु पर्ने र आफ्ना सन्तानको उज्ज्वल भबिश्यकालागी हरेकपल सजग रहन आग्रह गर्दै जिल्लामै उत्कृष्ट नतिजा दिन सफल कुमुदिनीले अबका दिनमा पनि थप मिहिनेत गरेर बिध्यार्थी, अभिभावकको मन जित्न शिक्षाको माध्ययमबाट कुमुदिनीले गरेको पश्चिम नवलपरासीको शैक्षिक उन्नतिलाई मुक्तकन्ठले प्रसम्सा गर्नुभयो।
    कार्यक्रममा बर्दघाट नगरपालिकाका पुर्ब नगरप्रमुख तथा संस्थापक धीरज शर्मा बश्यालले विद्यालयलाई बाल्यकालको सम्झनासँग जोडिएको जीवनको एक अभिन्न हिस्सा बताउँदै, उपलब्धिमा मात्र आत्मसन्तुष्टि नलिई निरन्तर समर्पित र अनुशासित रहन बिध्यार्थिलाई आग्रह गर्नुभयो ।
    संस्थापक धर्मागत बश्यालले विद्यालयको प्रारम्भिक अवस्थाको संघर्ष र आफ्नो व्यक्तिगत समर्पणबारे स्मरण गर्दै अहिलेको उपलब्धि गर्वको विषय भएको बताउनुभयो । उहाँले यस सफलतामा विद्यालय व्यवस्थापन, शिक्षक टोली र अभिभावक सबैको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक रेश्मिराज बश्यालले यस वर्षको विद्यालयको नतिजा जिल्लामै उत्कृष्ट रहेको दाबी गर्नुभयो । उहाँका अनुसार नवलपरासी जिल्लामा ४.०० GPA ल्याउने तीनै जना विद्यार्थी कुमुदिनीबाटै रहेकोले आफुहरु जिल्लामै उत्कृष्ट शैक्षिक सस्था बन्न अग्रसर रहेको जिकिर गर्नुभयो। उहाँले विद्यार्थीको अनुशासन, विषयगत शिक्षकहरूको समर्पण, अभिभावकको सहयोग तथा विद्यालयको सु–व्यवस्थापन र स्पष्ट दृष्टिकोणका कारण यो ऐतिहासिक उपलब्धि सम्भव भएको बताउनुभयो । उहाँले शिक्षा केवल परीक्षा पास गर्ने माध्यम मात्र नभई जीवनपरिवर्तन गर्ने शक्तिशाली हतियार भएको उल्लेख गर्दै ठूलो सपना देख्न र व्यावहारिक हुन विद्यार्थीलाई सुझाव दिनुभयो । उहाले विद्यालयले प्रविधिमैत्री गुणस्तरीय शिक्षा निरन्तर प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    कारक्रममा उप–प्रधानाध्यापक लेखनाथ शर्माले सबै अतिथि, अभिभावक र विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले प्रत्येक क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहन र सम्मान गर्न सधैं तत्पर रहने बताउनुभयो ।

    उपस्थित रहनुभएको थियो । विशेष अतिथिमा विद्यालयका संस्थापक धर्मगत बश्याल र धिरज शर्मा बश्याल रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेश्मिराज बश्याल, उप–प्रधानाध्यापक लेखनाथ शर्मा, अन्य शिक्षक, अभिभावक तथा एस.ई.ई. र एस.एल.सी.ई. उत्तीर्ण विद्यार्थीहरूको उपस्थिति थियो ।
    २६ जना विद्यार्थीले ३.६ भन्दा माथि GPA हासिल गरेका छन्। एस.ई.ई.मा ३.९६ GPA ल्याउने समिक्षा पोख्रेलले विद्यालयमा बिताएको समयबारे भावुक हुँदै भनिन् “म कुमुदिनीको विद्यार्थी हुन पाउँदा निकै खुसी छु । यहाँको शिक्षक–शिक्षिकाबाट पाएको प्रेरणा र माया मेरो जीवनको मार्गदर्शक बनेको छ । मलाई राम्रोसँग घडेरी बनाइदिनुभएकोमा विद्यालय र शिक्षक–शिक्षिकाप्रति हृदयदेखि आभारी छु ” भन्नुभयो।
    त्यसैगरी, कक्षा १२ मा अध्ययनरत एस.एल.सी.ई. उत्तीर्ण सगुन सापकोटाले भनिन, “बाल्यकालदेखि नै म कुमुदिनीमै अध्ययन गर्दै आएकी हुँ । यहाँको उत्कृष्ट शिक्षा, प्रत्येक पाइलामा शिक्षकको साथ र प्रेरणाले मलाई राम्रो नतिजा दिन मद्दत गरेको छ ।”
    कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कमला शर्माले विद्यालय सधैं डिजिटल र प्राविधिक शिक्षामा प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै सबै विद्यार्थीलाई बधाई दिइन । उहाँले उनीहरूलाई भविष्यमा विभिन्न जिम्मेवार पदमा देख्ने चाहना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा उत्कृष्ट बिध्यार्थिहरुलाई नगद सहित सम्मान गरिएको थियो। गाउन र टोपी (gown & hat) लगाएर विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको क्षण समारोहको आकर्षण बनेको थियो भने कार्यक्रमको सन्चालन शिक्षक केदार चौधरीले गर्नुभएको थियो ।

    Post Views: 628

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार २३:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ५. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.