३० अशोज २०८३, शुक्रबार

युनिभर्सिटी अफ न्युकासल र अपग्र्याड GSP नेपालको संयुक्त “अपडेट्स एण्ड अपर्चुनिटिज” कार्यक्रम सम्पन्न

काठमाडौं — upGrad GSP Nepal ले अष्ट्रेलियाको प्रतिष्ठित युनिभर्सिटी अफ न्युकासल प्रस्तुत रहने गरी “अपडेट्स एण्ड अपर्चुनिटिज” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा विश्वविद्यालयका नयाँ जानकारी, शैक्षिक अवसर र छात्रवृत्ति योजनाहरू नेपाली विद्यार्थीहरूमाझ साझा गरियो।

कार्यक्रमको सुरुवातमा upGrad GSP Nepal का कन्ट्री डाएरेक्टर अनिल श्रेष्ठले स्वागत मन्तव्य दिँदै अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको बढ्दो चासो र युनिभर्सिटी अफ न्युकासलको उच्च अन्तर्राष्ट्रिय प्रतिष्ठाबारे प्रकाश पारे।

यसपछि डोली भाटिया, युनिभर्सिटी अफ न्युकासल (दक्षिण एशिया) की रिक्रुटमेन्ट एड्भाइजरले विश्वविद्यालयका कार्यक्रम, अनुसन्धान क्षमताहरू, विद्यार्थी सहयोग सेवा र आवेदन प्रक्रिया सम्बन्धी विस्तृत प्रस्तुति दिइन्। उनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध विभिन्न छात्रवृत्ति योजनाहरू पनि विवरणसहित प्रस्तुत गरिन्।

कार्यक्रमको अन्त्यमा अपग्र्याड जीएसपी नेपालका सीनियर बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरीले सहभागी सबै पार्टनर, काउन्सलर तथा उपस्थितिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार