३१ भदौ २०८३, बुधबार

Abertay University को January 2026 Intake लक्षित एजेन्ट मिट काठमाडौंमा सम्पन्न

काठमाडौं, Abertay University ले MSM Unify को सहकार्यमा January 2026 Intake लाई लक्षित गर्दै नेपालका प्रमुख शैक्षिक परामर्शदाताहरूका लागि Agent Meet कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम ३० जनवरी २०२6 को साँझ Smart Mahal, धुम्बाराही, काठमाडौं मा सम्पन्न भयो। कार्यक्रममा नेपालभरिका अग्रणी एजुकेशन एजेन्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य नेपालमा Abertay University को शैक्षिक उपस्थिति सुदृढ गर्नुका साथै भर्ना प्रक्रिया, भिसा कम्प्लायन्स, र विद्यार्थी रूपान्तरण (conversion) रणनीतिबारे स्पष्ट जानकारी प्रदान गर्नु थियो। Agent Meet का क्रममा विश्वविद्यालयका कार्यक्रमहरू, प्रवेश आवश्यकताहरू तथा विद्यार्थी सहयोग सेवाबारे विस्तृत प्रस्तुति दिइयो।

Abertay University की Regional Recruitment Manager – Nepal, रश्मिता आचार्य ले डिजिटल टेक्नोलोजी, गेम डिजाइन, साइबर सेक्युरिटी र कम्प्युटिङजस्ता क्षेत्रमा विश्वविद्यालयको बलियो शैक्षिक पहिचान रहेको बताइन्। उनले भनिन्, “नेपाली विद्यार्थीहरू Abertay University का लागि महत्वपूर्ण हुन्। उद्योगसँग जोडिएका कोर्स र उच्च Graduate Employability नै हाम्रो मुख्य विशेषता हो।”

MSM Unify का UK & Europe Head of Sales, डोनाल्ड राज ले पारदर्शी र नैतिक विद्यार्थी भर्तीमा जोड दिँदै भने, “Compliance र Conversion सन्तुलनमा राख्दै सही विद्यार्थीलाई सही विश्वविद्यालयसम्म पुर्‍याउनु हाम्रो साझा लक्ष्य हो।”

यस अवसरमा Abertay Digital Graduate Show को बारेमा पनि जानकारी दिइयो, जसले विद्यार्थीहरूलाई आफ्ना नवप्रवर्तनात्मक प्रोजेक्टहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार