• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी क्षेत्र नं.२ बाट निर्वाचित सांसद गुप्ताको कार्यदिशा: विकास र सुशासन

  •  संवाददाता
  • २०८२ चैत्र २, सोमबार १४:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/ चैत २

    नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नरेन्द्रकुमार गुप्ताले सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता गरेका छन ।संसद सदस्यको यात्रामा प्रथम पटक प्रवेश गर्दै गुप्ताले मतदाताले गरेको विश्वासलाई कामबाट प्रमाणित गर्ने बताएका छन  ।

    २०३१ असोज १८ गते रामग्राम नगरपालिका–२ मा जन्मिएका गुप्ताले व्यवसाय तथा सामाजिक सेवामा सक्रिय रहँदै स्थानीय तहदेखि नै नेतृत्वको अनुभव छ । उनी नेपालमा सङ्घीय संरचना लागु भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा रामग्राम नगरपालिकाको काँग्रेसबाट उम्मेदवार भई पहिलो नगरप्रमुख निर्वाचित बनेका थिए  ।

    नगरप्रमुखको कार्यकालमा पूर्वाधार विकास, व्यवस्थापन र जनसरोकारका विषयमा देखाएको सक्रियताले सांसद गुप्ता लाई स्थानीयस्तरमा लोकप्रिय बनाएको छ ।

    हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका गुप्ता भारी मतान्तरले विजयी हुँदै सङ्घीय संसद्मा प्रवेश गेरेका हुन। “यो मेरो व्यक्तिगत जित होइन, परिवर्तन चाहने सम्पूर्णको जित हो” सांसद गुप्ताले भने । परम्परागत राजनीतिबाट निराश नागरिकले रास्वपाको नीति र मेरो सामाजिक पृष्ठभूमिमा विश्वास गरेर मलाई जिम्मेवारी दिएका हुन् ।”

    स्नातक तहसम्म अध्ययन गरेका गुप्ता सफल व्यवसायीका रूपमा समेत स्थापित छन  । आफ्नो क्षेत्रको आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेर नै विकासका प्राथमिकता तय गरिएको गुप्ताको भनाई छ  ।

    गुप्ताले कृषि, शिक्षा र स्वास्थ्यलाई आफूले मुख्य प्राथमिकतामा रहने बताऊदै  उहाँले “हाम्रो क्षेत्र कृषिप्रधान भएकाले किसानले समयमै मल, बिउ र सिँचाइको सुविधा पाउनु अत्यन्त आवश्यक छ । किसानको उत्पादन बढाउन र कृषि क्षेत्रलाई व्यवस्थित बनाउन पहल गर्ने छु ।”

    त्यसै गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने योजना पनि उहाँको प्राथमिकतामा छ । “युवालाई विदेश जान बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु जरुरी छ ।” पर्यटन विकासलाई पनि क्षेत्रीय समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिनु पर्च उहाँले भन्नुभयो, ।

    विशेष गरी ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामग्राम स्तूपको संरक्षण र प्रवर्धन गरी पर्यटकीय सम्भावना विस्तार गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “रामग्राम स्तूपको व्यवस्थित विकास गर्न सके स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग पुग्छ ।”

    सांसद गुप्ताले संसद्मा आफ्नो मुख्य भूमिका नीति निर्माणमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेरो लक्ष्य नीति निर्माणको केन्द्रमा रहेर जनताको जीवनस्तर सुधार्ने कानुन बनाउन सहयोग गर्नु हो । स्थानीयस्तरका विकासमा देखिएका अवरोध हटाउन प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने छु ।”

    गुप्ताले पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको आधार बनाउने बताउनुभयो । जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रत्येक तीन महिनामा जनतामाझ पुगेर आफ्नो कामको ‘रिपोर्ट कार्ड’ प्रस्तुत गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी केवल आश्वासन दिने होइन, कार्ययोजनासहित अघि बढेका छौँ । जनताले दिएको विश्वासलाई निराश हुन दिने छैन ।”

    उहाँका अनुसार सङ्घीय सांसदको भूमिका नीति निर्माणमा केन्द्रित भए पनि जनताको अपेक्षा भने विकासनिर्माणसँग जोडिएको हुन्छ । उहाँले भन्नुभयो, “यसबिचको खाडललाई समन्वयकारी भूमिकाबाट पूरा गर्न म प्रयासरत रहने छु ।”

    रास्वपा सरकारले जभ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने अठोट व्यक्त गर्दै गुप्ताले राजनीतिक इच्छाशक्ति भए विकास सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोतको सही परिचालन र इमानदार प्रयासले विकासको गति तीव्र बनाउन सकिन्छ ।”

    Post Views: 541

    प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १४:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.