६ अशोज २०८३, मङ्लबार

नवलपरासी सीमा क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध बरामद

नवलपरासी / चैत ६

पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरिएको छ।

पालिनन्दन गाउँपालिका–५, भगतपुरास्थित सीमा क्षेत्रमा लुकाई राखिएको अवस्थामा सशस्त्र प्रहरी बल, नेपालले उक्त लागूऔषध बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्काले दिनुभएको जानकारी अनुसार, सीमा क्षेत्रमा शंकास्पद रूपमा लुकाई राखिएको अवस्थामा यी प्रतिबन्धित औषधिहरू फेला पारिएको हो ।
नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा करिब ५,१०० एम्पुलभन्दा बढी परिमाणको लागूऔषध फेला परेको थियो।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको डिएसपी खड्काले बताउनुभयो। बरामद गरिएको लागूऔषधलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको विशेष टोलीले उक्त बरामद गरेको हो।

खोजतलास अपरेशनको कमाण्ड सशस्त्र प्रहरीका सई. माधव घिमिरेले गर्नुभएको थियो।

बरामद लागू औषधलाई आवश्यक प्रक्रिया पुरा गरी सरकारी रोहबरमां नष्ट गरीने डीएस पि प्रमोद खड़काले जानकारी दिनुभएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार