६ मंसिर २०८३, आइतवार

नेपाली कांग्रेस(देउवा)नवलपरासीमा गोपी पुन सर्बसम्मत सभापतिमा चयन

भूमही/ मंसीर-२

नेपाली कांग्रेस(देउवा) नवलपरासी पश्चिमको जिल्ला अधिवेशनबाट युवा नेता गोपी पुन सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका छन ।

सम्पन्न अधिवेशनले नवलपरासी क्षेत्र न १को क्षेत्रीय सभापतिमा राजु अधिकारी र क्षेत्र न २ को क्षेत्रीय सभापतिमा बिक्रम राना लाई सर्व सम्मत रूपमां चयन गरेको छ ।

यसै गरी रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका सभापतिमा क्रमश: प्रकाश चौधरी ,!पुरुषोत्तम पाण्डे ,तिलकुमारी श्रेष्ठ यसै गरी पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाका सभापतिहरूमा क्रमश: तारानंद बर्मा ,कृष्ण दत्त थारू र कमलेश्वर गुप्ता निर्विरोध चयन भएका छान ।

नवलपरासी पश्चिम नि क्षे न. १ बाट ३५ जना र नि क्षे न. २ बाट ३५ जना गरि कुल ७० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन ।

सम्पन्न अधिवेशनलद्वारा नि क्षे न. १-क बाट २१ जना र १-ख बाट२१ जना गरी कुल ४२ जना लुम्बिनी प्रदेश प्रतिनिधिमा चयन भएका छन भने नि क्षे न. २-क बाट २१ जना र २-ख बाट २१ जना गरी कुल ४२ जना लुम्बिनी प्रदेश प्रतिनिधिमा चयन भएको क्षेत्र न २ का सभापति बिक्रम रानाले जानकारी दिएका छन ।।

काँग्रेस-देउवा जिल्ला संयोजक धर्मदत्त चापागाईको अध्यक्षता एवं लुम्बिनी प्रदेश संयोजक गहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भूमही स्थित द नेचर रे रिशोर्टको सभाहलमा संपन्न भएको थियो ।

कार्यक्रममा कांग्रेस केंद्रीय सदस्य गुरु बराल, केंद्रीय निर्वाचन आयुक्त /अधिवक्ता-अनिता शर्मा, केंद्रीय प्रतिनिधि विकास घिमिरे, नेपाल ट्रेड यूनियन काँग्रेस पूर्व केन्द्रीय उपाध्यक्ष अयोध्या प्रसाद यादब , नेपाल विधार्थी संघ पूर्व केन्द्रीय सदस्य डा गोबिन्द लामिछाने लगायतका नेता-कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार